आजको शेयर बजार सामान्य अंकले वृद्धि


नेपाल पाना प्रकाशित: २०७५-१०-१४ गते
आजको शेयर बजार सामान्य अंकले वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुगेको छ ।

ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ विन्दुले बढेर २४७.२५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज १६५ कम्पनीको ८ लाख ७१ हजार ८२८ कित्ता शेयर २२ करोड ४३ लाख १६ हजार ५२७ मा खरीद बिक्री भयो ।

आज कारोवार भएका कूल १० उपसमूह मध्ये ६ उपसमूहको शेयरमा वृद्धि भएको र ४ उपसमूहको शेयर घटेको स्टकले जनाएको छ । होटल १.५६, जलविद्युत् ०.०२, उत्पादन १४.७८ र अन्य ०.९४ विन्दुले घटेका छन् ।

यस्तै बैंकिङ ०.९९, विकास बैंक ८.६१, वित्त ०.७८, निर्जीवन बीमा ७२.४, लघुवित्त १७.५९ र जीवन बीमा १९.८६ विन्दुले बढेको छ । सामान्य बढेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, माहुली साुमदायिक लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स कम्पनीका शेयरधनीले आज कमाएका छन् ।

हाथवे फाइनान्स कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेडको शेयरधनीले आज बढी गुमाएका छन् ।


शेयर बजारमा लगानी बढाउन अर्थमन्त्री खतिवडाको आग्रह
शेयर बजारमा लगानी बढाउन अर्थमन्त्री खतिवडाको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा लगानी बढाउन वित्तीय संस्थालाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन शेयर बजारमा लगानी ब..

विदेशी मुद्राको सटहीदर बढ्यो (विनिमयदर सूचीसहित) 
विदेशी मुद्राको सटहीदर बढ्यो (विनिमयदर सूचीसहित) 

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ८६ पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४६ प..

साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो
साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो

काठमाडौं । यमनका हुथी बिद्रोहीहरुले साउदी अरबको तेल भण्डारमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ ।  बीबीसीका अनुसार यो हमलापछि कच्चा तेलको भाउ..

एअर इन्डियालाई एक बर्षमा ८४ अर्ब घाटा, नयाँ एअरलाइन्स नै खोल्न पुग्ने रकम घाटा भएको दाबी 
एअर इन्डियालाई एक बर्षमा ८४ अर्ब घाटा, नयाँ एअरलाइन्स नै खोल्न पुग्ने रकम घाटा भएको दाबी 

काठमाडौं । भारतीय ध्वजावाहक सरकारी वायुसेवा एअर इन्डियाले १ बर्षको अवधिमा ८४ अर्ब भारतीय रुपैयाँ घाटा ब्यहोरेको छ ।  अत्याधिक सञ्चालन खर्च र विदेशी मुद्रा विनिमयदरमा भ..