कोरियाद्वारा ‘स्मार्ट क्लोदिङ’ सार्वजनिक, भोक लाग्दा खान पनि सकिने


नेपाल पाना प्रकाशित: २०७५-१०-१५ गते
कोरियाद्वारा ‘स्मार्ट क्लोदिङ’ सार्वजनिक, भोक लाग्दा खान पनि सकिने

काठमाडौं । उत्तर कोरियाली नेता किम जोंगले यस्तो डिजाइनर पहिरन सार्वजनिक गरेका छन् जुन स्विमिङ, हाइकिङ र एड्भेन्चर रुचाउनेका लागि निकै सहयोगी हुनसक्छ ।  किम जोंगले  ‘स्मार्ट क्लोदिङ’ सार्वजनिक गरेका हुन् ।

डेली मेलका अनुसार यी कपडा निकै विशेष छन् । यसलाई भोक लागेको खण्डमा खान पनि सकिन्छ । किम क्लोदिङ रिसर्च सेन्टरमा बनेका यी कपडलाई फ्लेनलेट फेब्रिकले बनाइएको छ । यो फेब्रिक प्रोटिन, एमिनो एसिड, फ्रुट जुस, म्याग्नेसियम, आइरन र क्याल्सियमले बनेको छ ।

पुरुषका लागि डिजाइन गरिएको ज्याकेट, महिलाका लागि डिजाइन गरिएका गुची ब्रान्डजस्तै देखिने ब्याग खान मिल्छ । कपडाको क्याटलग पनि राम्रो तरिकाले डिजाइन गरिएको छ । यसमा किमद्वारा लञ्च गरिएको कपडालाई स्मार्ट क्लोदिङ बताइएको छ । कपडामा राखिएको इन्टेलिजेन्ट स्लिभ (बाहुला)ले मानव शरिरको स्वास्थ्यबारे जानकारी दिने उक्त क्याटलगमा बताइएको छ । साथै, भोकमरीको अवस्थामा यसलाई खाएर ज्यानसमेत बचाउन सकिन्छ ।

क्याटलगमा स्मार्टफोन चलाइरहेका मोडल र ब्याग बोकिरहेका पुरुष मोडल देखाइएका छन् । एलेक सिग्ले, उत्तर कोरियामा तन्गिल टुर चलाउनेले द मिररलाई भने, ‘केटाहरुको ब्याग प्योंगयांगमा ट्रेन्डसमेत भइरहेको छ ।’

महिलाको क्याटलगबारे उनले भने, ‘केही फेसन निकै पुराना छन् । मेरा चीनियाँ साथीले यी फेसन चीनमा ९० को दशकमा अपनाउने गरेको बताए ।’ ‘तर उत्तर कोरियाका लागि भने यो निकै आधुनिक फेसन हो ।’







प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, पाँच जना प्रहरीको मृत्यु
प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, पाँच जना प्रहरीको मृत्यु

काठमाडौं । भारत झारखण्डको सरायकेला खरसांवामा नक्सलवादीको आक्रमणबाट पाँचजना प्रहरीको मृत्यु भएको छ।  शुक्रबार राति नक्सलवादीले आक्रमण गरेको र त्यसमा दुई सब इन्स्पेक्टर..

भारतको झारखण्डमा माओवादी विद्रोहीले पाँच प्रहरी मारिदिए 
भारतको झारखण्डमा माओवादी विद्रोहीले पाँच प्रहरी मारिदिए 

बीबीसी । भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका छन् । आक्रमणबाट पाँच प्रहरीको मृत्य..

इमरान खानले तोडे कुटनीतिक मर्यादा, विश्वका नेतासामु गरेको उठबस 'भाइरल'
इमरान खानले तोडे कुटनीतिक मर्यादा, विश्वका नेतासामु गरेको उठबस 'भाइरल'

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विश्वका राष्ट्रप्रमुखकै अगाडी कुटनीतिक मर्यादा तोडेका छन् । सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन किर्गिजस्तान पुगेका..

पुरुष सांसदले महिला सांसदलाई थप्पड प्रहार गरेपछि...
पुरुष सांसदले महिला सांसदलाई थप्पड प्रहार गरेपछि...

काठमाडौं । महिला सांसद फातुमा गेडीमाथि थप्पड प्रहार गर्ने पुरुष सांसद राशिद कासिम गिरफ्तारमा परेका छन् ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार, यो घटना केन्याको..