भेनेजुयलाको संकट : अमेरिकाले अन्तरिम राष्ट्रपति घोषणा गरेका गोइदमाथि मादुरोको यस्तो एक्सन !


नेपालपाना प्रकाशित: २०७५-१०-१६ गते
भेनेजुयलाको संकट : अमेरिकाले अन्तरिम राष्ट्रपति घोषणा गरेका गोइदमाथि मादुरोको यस्तो एक्सन !

काराकस । अमेरिकाको दबाबमा गत हप्ता आफूलाई अन्तरिक राष्ट्रपति घोषित गरेका भेनेजुएलाका विपक्षी नेता खुआन गोइदोमाथि त्यहाँका महाधिवक्ताले  देश छाड्न प्रतिबन्ध र उनको बैंकको खाता रोक्का गरिदिन गरिदिन अपिल गरेका छन् ।

अमेरिकाले आफ्ना देशका बैंकमा भएका भेनेजुएलाको खाताको नियन्त्रण गोइदोलाई दिएको बताएको केही दिनपछि भेनेजुएलाले यो कदम उठाएको हो । मादुरोप्रति झुकाव देखाइरहेको सर्वोच्च अदालतले महाधिवक्ताको मागको सम्बोधन गर्दै आदेश जारी गर्नसक्ने अनुमान गरिएको छ ।

सत्ता संघर्ष चुलिइरहेको भेनेजुयलामा अहिले रूस र चीनलगायत देशको समर्थनप्राप्त तथा निर्वाचित निकोलस मादुरो र अमेरिकी लगायत देशको समर्थनमा अन्तरिम राष्ट्रपति घोषित गोइदोको द्वैध सत्ता कायम छ ।

अमेरिकी बैंकमा भएका खाताको नियन्त्रण खुआन गोइदोलाई सुम्पिनुअघि अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीभीएसमाथि प्रतिबन्ध लगाउँदै शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण स्विकार गर्न भनेका थियो ।


बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..

गाडिएको शिशु ७ दिनपछि चिहानमा रोएपछि...
गाडिएको शिशु ७ दिनपछि चिहानमा रोएपछि...

काठमाडैं । गाडिएको शिशु सात दिनपछि चिहानमा रोइन् । जमिनमुनी बच्चा रोएको सुनेपछि चिहानमा काम गर्ने चकित परे । उनीहरु यताउता हेर्न थाले । जब जमिनमुनी बच्चा रोएको थाहापाए भोगदौड..