भारतीय पप गायिका भाटियाको कार दुर्घटनामा मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१०-१६ गते
भारतीय पप गायिका भाटियाको कार दुर्घटनामा मृत्यु

काठमाडौं । भारतीय पप गायिका शिवानी भाटियाको सडक दुर्घटनामा मृत्यु भएको छ । सोमबार आग्रामा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको कार दुर्घटनामा परेको हो ।

दुर्घटनामा उनका पति गम्भीर घाइते भएका छन् । दुर्घटना सुरीर कोतवाली क्षेत्रको वरिपरि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनाका प्रत्यक्षदर्शी शिव वीर सिंहले कार तेज तफ्तारमा भएका कारण दुर्घटना भएको बताएका छन् । प्रहरीका अनुसार कारमा सवार भाटियाका पतिको अस्पतालमा उपचार भइरहेको छ भने, उनको उपचारको क्रममा मृत्यु भएको हो ।

शिवानी बिहारको सीमामन्ढीमा जन्मिएकी थिइन् । हाल कामको सिलसिलामा दिल्ली बस्दै आएकी थिइन् । शिवानी प्रायः दिल्ली नोएगाको नजिकै स्टेजमा शो गरिरहन्थिन् । उनले थुप्रै बलिउड गायक र गायिकासँग पनि स्टेज शो गरिसकेकी थिइन् ।







झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते
झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते

भारत । पूर्वी राज्य झारखण्डमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् ।  झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुस..

एकै साथ २४ ओटा भूउपग्रह अन्तरिक्षमा
एकै साथ २४ ओटा भूउपग्रह अन्तरिक्षमा

काठमाडौं । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ ओटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हाँसिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित ‘स्..

इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु
इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु

किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सयभन्दा बढी पुगेको छ।स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार इबोलाका..

जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..