फोटो पत्रकार गुरूङ 'बिरहले' काैडा गाउँदै, यस्तो बनाए लिरिकल भिडियो


नेपालपाना प्रकाशित: २०७५-१०-१९ गते
फोटो पत्रकार गुरूङ 'बिरहले' काैडा गाउँदै, यस्तो बनाए लिरिकल भिडियो

काठमाडाैं । फोटोपत्रकारको रुपमा चिनिएका गायक नबिन बाबु गुरुङले आफ्नो नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन्।  

आफ्नै युट्युब च्यानल 'स्ट्रिटनेपाल' बाट भिडियो सार्वजनिक गर्दै उनले कुनै बेला गीत गाएको भन्दै आफ्नो गीतलाई सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन्।  

यसअघि उनले एक म्युजिक एल्बम निकालेका थिए भने फोटो पत्रकारिता संगै म्युजिक भिडियो निर्माणमा लागेका थिए।  फेसबुक स्टाटस पोस्ट गर्दै गुरूङले आफ्नै म्युजिक भिडियो बनाउन आँट नआएको बताएका छन्।  

नेपाली टिपिकल लोक भाका कौडामा आधारित यो गीत अत्यन्तै मिठो सुनिन्छ भने सुन्ने जो कोहीको मनमा बस्न सक्ने खालको छ। कौडा रक नाम दिएको उक्त गीतमा किसन गुरुङले संगीत भरेका छन् भने नबिनको आफ्नै शब्द रहेको छ।  

शाहस शाक्यको म्युजिक एरेन्जमेन्ट रहेको उक्त गीतलाई शिवराज गुरुङले रेकर्ड गरेका हुन् भने कुमार थापाले मिक्सिङ्ग मस्टरिङ्ग गरेका हुन् । उनको लिरिकल भिडियोलाई सम्पादक नबिन शिंहले तयार गरिदिएका हुन् ।


‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’
‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।  नेपाल प्रज..

संसारका नामुद सेक्स स्टेशन यी हुन्:
संसारका नामुद सेक्स स्टेशन यी हुन्:

एजेन्सी । क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ। त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन्..

नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने
नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने

काठमाडौं । नेपाली चलचित्रमा एक चर्चित भारतीय निर्देशकले निर्देशन गर्ने सम्भावना रहेको छ । चलचित्र विकास बोर्डमा “एन्टी हिरो”को टाइटलमा नयाँ फिल्म दर्ता गरिएको छ ।..

नेपाल लोकस्टारमा उदाउँदै मधेशका रविराज
नेपाल लोकस्टारमा उदाउँदै मधेशका रविराज

काठमाडौं । नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराज साहले भोटिङतर्फ अग्रता कायमै राखेका..