अमेरिकाले तर्साइरहेको भेनेजुयलाबाट कसले किन्यो १७ टन सुन ?


नेपालपाना प्रकाशित: २०७५-१०-१९ गते
अमेरिकाले तर्साइरहेको भेनेजुयलाबाट कसले किन्यो १७ टन सुन ?

एजेन्सी । बेलायती समाचार संस्था रोयटर्सले बिहिबार भेनेजुएलाबाट पानीजहाजमा राखेर तीन टन सुन यूएईतर्फ पठाएको खबर सार्वजनिक गरेसँगै यूएई र भेनेजुयलाबीच अर्बाैं डलरको सुन कारोबार प्रमाणित भएको छ ।

अमेरिकाले निरन्तर हस्तक्षेप र नाकाबन्दी लगाएपछि जर्जर अवस्थामा पुगेको भेनेजुयलालाई सुन किनेर यूएईले सहयोग गरेको हो । ३ टन सुन कार्गो भइरहेको र बाँकी १५ टन सुन पनि भित्र्याउने प्रकृयामा रहेको यूएईले स्वीकार गरेको छ । 

हालै मात्र अमेरिकाले भेनेजुयलाका प्रतिपक्षी नेता गुएदोलाई त्यहाँको अन्तरिम राष्ट्रपति घोषणा गरेको थियो । उसले विश्वसमूदायसमक्ष भेनेजुयलालाई एक्ल्याउन हदैसम्मको कुटनीतिक गोटी चालिरहेको छ । 

कम्युनिष्ट नेतृत्वको सरकार र पार्टीले भेनेजुयलाको समस्या त्यहाँकै नागरिकको सहमतिमा टुङ्ग्याउनुपर्ने र बाह्य हस्तक्षेप हुन नहुने बताएपछि अमेरिका अहिले नेपालबिरूद्ध समेत खनिएको छ । छिमेकी मित्रराष्ट्र भारतले पनि भेनेजुयलाका सम्बन्धमा नेपालकै जस्तो धारणा सार्वजनिक गरिसकेको छ ।







प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, पाँच जना प्रहरीको मृत्यु
प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, पाँच जना प्रहरीको मृत्यु

काठमाडौं । भारत झारखण्डको सरायकेला खरसांवामा नक्सलवादीको आक्रमणबाट पाँचजना प्रहरीको मृत्यु भएको छ।  शुक्रबार राति नक्सलवादीले आक्रमण गरेको र त्यसमा दुई सब इन्स्पेक्टर..

भारतको झारखण्डमा माओवादी विद्रोहीले पाँच प्रहरी मारिदिए 
भारतको झारखण्डमा माओवादी विद्रोहीले पाँच प्रहरी मारिदिए 

बीबीसी । भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका छन् । आक्रमणबाट पाँच प्रहरीको मृत्य..

इमरान खानले तोडे कुटनीतिक मर्यादा, विश्वका नेतासामु गरेको उठबस 'भाइरल'
इमरान खानले तोडे कुटनीतिक मर्यादा, विश्वका नेतासामु गरेको उठबस 'भाइरल'

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विश्वका राष्ट्रप्रमुखकै अगाडी कुटनीतिक मर्यादा तोडेका छन् । सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन किर्गिजस्तान पुगेका..

पुरुष सांसदले महिला सांसदलाई थप्पड प्रहार गरेपछि...
पुरुष सांसदले महिला सांसदलाई थप्पड प्रहार गरेपछि...

काठमाडौं । महिला सांसद फातुमा गेडीमाथि थप्पड प्रहार गर्ने पुरुष सांसद राशिद कासिम गिरफ्तारमा परेका छन् ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार, यो घटना केन्याको..