पर्वत र बाग्लुङका ४ पानी उत्पादक कम्पनीमाथि कारबाही


नेपालपाना प्रकाशित: २०७५-१०-१९ गते
पर्वत र बाग्लुङका ४ पानी उत्पादक कम्पनीमाथि कारबाही

पर्वत । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही थालेको छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएकाले कम्पनीलाई कारवाही गर्ने भएको हो ।

कारवाहीमा पर्नेमा पर्वतका मुक्तिनाथ फुड एण्ड वेभरेज प्रालि, कर्माचार्य ब्रदर्श मिनरल वाटर एण्ड वेभरेज इन्डष्ट्रिज, बागलुङका महालक्ष्मी मिनरल वाटर एण्ड वेभरेज र कार्की मिनरल वाटर रहेका छन् ।

कार्यालयका निमित्त प्रमुख केदार पौडेलका अनुसार कार्यालयले अनुगमन गर्ने क्रममा ती कम्पनीले निर्देशिका पालना नगरेको पाइएकाले उत्पादन बन्द गर्न निर्देशन दिइएको हो । निर्देशिकाअनुसार बोतलको सफाइ, फिलिङ र क्यापिङको काम स्वचालित उपकरणबाट गर्नु पर्नेमा नगरिएकाले उनीहरूमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको उनले बताए । 

उद्योगको वास्तविक अवस्थाबारे तयार गरिएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बागलुङमा जस्तै पर्वतमा पनि प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।


आज शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्रबैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर ११५ रुपैयाँ २० पैसा तोकेको छ । बिहीबार यसको १ को खरिददर ११४ रुपैयाँ २० पैसा र बि..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० र..

भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरम गिरफ्तार, ३ अर्ब ५ करोडको मामिला 
भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरम गिरफ्तार, ३ अर्ब ५ करोडको मामिला 

काठमाडौं । भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरमलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।  बुधबार बेलुकी घरको भित्ता नै फोडेर प्रहरीले उनलाई समातेको हो । उनलाई..

सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भएको छ ।  यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भइरहेको नेपाल सु..