सलमानमाथि यौन हिंसाको आरोप


नेपाल पाना प्रकाशित: २०७५-१०-१९ गते
सलमानमाथि यौन हिंसाको आरोप

एजेन्सी । बलिउडका चर्चित डान्सर तथा कोरियोग्राफर सलमान युसुफमाथि एक एक मोडल तथा कोरियोग्राफरले यौन हिंसाको आरोप लगाएकी छन्। सलमानको विरुद्ध मुम्बईको ओशिवारा प्रहरी चौकीमा ती मोडल तथा कोरियोग्राफरले मुद्दा दर्ता गरेकी हुन्।

ती महिलाले दर्ता गरेकाे मुद्दाका अनुुसार अघिल्लो वर्ष सलमानले एक शोको बारेमा कुराकानी गर्नका लागि मुुम्बईस्थित एक क्याफेमा मिटिङको लागि बाेलाएर छेडखानी गरेका थिए। आफ्नो कारमा लगेर सलमानले यौन दुव्र्यवहार गरेको उनको भनाई छ । यस घटनाबारे चेक जाँच भइरहेको छ ।

सलमान युसुफ बलिउडमा सार्वधिक माग हुने डान्स कोरियोग्राफर मध्येमा पर्छन । उनी ‘डान्स इण्डिया डान्स’ सिजन १ का विजेता हुुन् । उनले ‘झलक दिखला जा’ सिजन ४ देखि ९ सम्म कोरियोग्राफ गरे । यसकासाथै उनी ‘खतरों के खेलाडी’ सिजन ५ मा पनि आइसकेका छन् । 

युवतीका अनुुसार, उनलाई सलमानले अघिल्लो वर्ष९२०१८० को दुबईमा एक कार्यक्रमको लागि बोलाएका थिए । जहाँ उनलाई बलिउड पार्कमा अन्य डान्सरहरुसँग प्रस्तुती दिनुपर्ने थियो । कुराकानी सकिएपछि सलमानले उनलाई घर छोडिदिने आग्रह गरे जसलाई उनले स्वीकार गरिन् । कारमा बसेपछि सलमानले उनको शरीरमा छुन थाले जसले उनलाई असहज महशुश भयो । तत्काल उनी कारबाट बाहिरिएको बताइन् । त्यस समय सलमानको टिमको डरका कारण यसबारे बोल्न नसकेको र अहिले भने साहस मिलेको उनको कथन छ । 
 


‘आ है तीज आयो’ बोलको गीत बजारमा (भिडियोसहित)
‘आ है तीज आयो’ बोलको गीत बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका मीना निरौलाले  ‘आ है तीज आयो’ बोलको गीत बजारमा ल्याएकी छिन् । गीतमा सुष्मा महराले शब्द लेखेकी छिन् । यस्तै गीतको भिडियोमा नीता ढुंगना र स..

नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री
नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री

काठमाडाैं। नेपालका महानायक राजेश हमाल भारतीय मिडियामा छाएका छन्। भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले ‘ये हैं नेपाली सिनेमा के ‘अमिताभ बच्चन&rsq..

‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक
‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक

काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘लभ डायरीज’को प्रचारको पहिलो थालनी ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ गीतबाट गरेको छ ।  अर्जुन..

उदित नारायण झालाई पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की
उदित नारायण झालाई पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की

काठमाडौं । भारतीय मिडियाका अनुसार पछिल्लो एक महिनादेखि गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की आएको छ ।   झाले पछिल्लो एक महिनादेखि कोही व्यक्तिले फोनमा हानी नोक्सान..