सीमा क्षेत्रमा थप २ हजार सुरक्षाकर्मी परिचालन


नेपाल पाना प्रकाशित: २०७५-१०-२१ गते
सीमा क्षेत्रमा थप २ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप २ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । मेक्सिकोसँगको सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउन थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’ ले जनाएको छ ।

योसँगै मेक्सिकोसँगको सीमा क्षेत्रमा तैनाथ हुने सुरक्षाकर्मीको संख्या ४ हजार ३ सयभन्दा बढी हुनेछ । सीमा क्षेत्रबाट हुने आप्रवासीको अवैध प्रवेशलाई रोक्न राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै आएको छ ।

सुरक्षाकर्मीले सीमा सुरक्षा गार्डलाई काममा सहयोग गर्ने पेन्टागनले जनाएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्तावित सीमा पर्खालका लागि सरकारी कोषबाट रकम लिनका लागि कांग्रेससँग संघर्ष गरिरहेका बेला रक्षा मन्त्रालयले थप सुरक्षाकर्मी सीमामा तैनाथ गर्ने निर्णय गरेको हो ।

सीमा पर्खालका लागि सरकारी कोषबाट रकमको व्यवस्था हुनुपर्ने ट्रम्पको अडान तथा डेमोक्र्याटिक पार्टीको त्यसविरुद्धको अडानका कारण ३५ दिनसम्म संघीय सरकारी कार्यालयको काम प्रभावित भएको एजेन्सीले जनाएको छ ।







सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

अफगानिस्तानमा नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिए
अफगानिस्तानमा नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिए

अफगानिस्तान । अफगानिस्तानमा उत्तर एटलाण्टिक सन्धी संगठन नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिएका छन् । अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेका बेला अफगानि..

विवाह बन्धनमा बाँधिएको एक घण्टामै जन्मियो बच्चा !
विवाह बन्धनमा बाँधिएको एक घण्टामै जन्मियो बच्चा !

एजेन्सी । अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ..

झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते
झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते

भारत । पूर्वी राज्य झारखण्डमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् ।  झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुस..