लुकेर अमेरिका जान लागेकाहरू होसियार ! मेक्सिकोको सिमामा थप ३७ सय सैनिक परिचालन


नेपालपाना प्रकाशित: २०७५-१०-२२ गते
लुकेर अमेरिका जान लागेकाहरू होसियार ! मेक्सिकोको सिमामा थप ३७ सय सैनिक परिचालन

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप ३ हजार ७ सय ५० अमेरिकी सेना परिचालन गरेको छ।

सीमा क्षेत्रमा यसअघि खटिएका कर्मचारीहरुलाई सघाउन भन्दै अमेरिकाले तीन महिनाका लागि उनीहरुलाई पठाएको हो।

सीमा शुल्क उठान र सिमाना रक्षाका लागि कुटनीतिक अधिकारीहरू पनि बढाइने पेन्टागनद्वारा जारी वक्तव्यमा उल्लेख छ।

''उनीहरुलाई अहिले थप ९० दिनका लागि खटाइएको छ, सुरक्षा निकायहरूको सिफारिसका आधारमा फेरि निरन्तरता दिन पनि सकिने छ, देशको दक्षिणी सिमानाको रक्षाका लागि उनीहरुलाई खटाइएको हो,'' वक्तव्यमा लेखिएको छ।

मेक्सिकोमा सीमा सुरक्षाका लागि बजेट छुट्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावप्रति सांसदहरुले विमति जनाएपछि सम्झौताको प्रयास भइरहेका बेला सीमा क्षेत्रमा थप सेना पठाइएको हो।

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने प्रस्ताव पटक-पटक गर्दै आएका छन्।

पर्खाल लगाउनका लागि कोषको व्यवस्था नगरेमा राष्ट्रिय सङ्कट घोषणा गर्ने पनि उनले बताएका थिए। उनले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने चुनावी एजेण्डालाई मुख्य एजेण्डा बनाएका थिए ।

ट्रम्पको यो एजेण्डालाई कार्यान्वयन गर्नका लागि संसदलाई छलेर गर्नसक्ने अवस्था छैन भने संसदले पनि यसलाई स्वीकार्न सकेको छैन। राष्ट्रपति ट्रम्पका लागि यो विषय निकै चुनौती बन्दै गएको छ ।


हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 
हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 

काठमाडौं । मुम्बई हमलाका योजनाकार हाफिज सईदलाई पाकिस्तानले गिरफ्तार गरेपनि भारतले आतंकवादी संगठन जमात उल दावाका ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी गरेको छ ।&nbsp..

भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु
भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु

भारत । भारतकै सबै भन्दा पुरानो केशरभाई भवन भत्किँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको डोनग्री क्षेत्रमा अविरल वर्षासँगै केशरभाई भवन भत्किएको थियो । वर्षाका भवनको संरचना कमज..

२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो
२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो

भारत । मुम्बईस्थित घाटकोपरक्षेत्रमा २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । प्रहरीले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । अनुसन्धान..

भवन भत्किँदा ४० जना मानिस पुरिए
भवन भत्किँदा ४० जना मानिस पुरिए

भारत । मुम्बईमा रहेको एउटा चारतले भवन भत्किँदा दर्जनौं मानिस पुरिएका छन् । मुसलधारे वर्षापछि मुम्बईको डोंगरी क्षेत्रमा रहेको चारतले भवन भत्किएको हो ।  भवनमा रहेका ३०(४..