राजधानी भीषण आगलागी, ८ जनाको मृत्यु, २७ जना घाइते


नेपाल पाना प्रकाशित: २०७५-१०-२२ गते
राजधानी भीषण आगलागी, ८ जनाको मृत्यु, २७ जना घाइते

काठमाडौं । फ्रान्सको राजधानी पेरिसको एक भवनमा भएको आगलागीमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । स्थानीय अग्नि नियन्त्रण सेवाले आगलागी निकै भयानक रहेकाले नियन्त्रणमा लिन कठिन भइरहेको जनाएको छ ।

आगलागीबाट मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । आगलागीमा परी ३ अग्नि नियन्त्रकसहित २७ व्यक्ति घाइते भएका छन् । घाइतेहरूको स्थिति भने सामान्य रहेको बताइएको छ । ८ तल्ले सो भवन रहेको क्षेत्रमा विदेशी राजदूतावास र फ्रान्सको एक प्रसिद्ध संग्र्रहालय रहेको छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने प्राप्त हुन सकेको छैन । प्रहरीले आगलागीको घटनामा शंकास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ ।







जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..

भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार
भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार

एजेन्सी । पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार भएको छ । भारतको दक्षिणी सहर चेन्नाईमा पछिल्ला केही..