उडिरहेको जहाज घरको छतमा खस्यो !, ५ जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१०-२२ गते
उडिरहेको जहाज घरको छतमा खस्यो !, ५ जनाको मृत्यु

काठमाडौँ । उठिरहेको जहाज एकाएक घरको छतमा खसेको छ । जहाज मानव वस्ती खसेर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । त्यो पनि पार्टी आयोजना गरिएको घरमा जहाज खसेको छ ।

यो घटना अमेरिकाका हो । क्यालिफोर्नियामा जहाज घरको छतमा खसेर दुर्घटना भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । लस एन्जेल्स नजिकै योरबा लिन्डामाथि उडिरहेको विमान सेस्ना ४१४ ए मा एक्कासी आगो लागेपछि घरको छतमा खसेको स्थानीय संचारमाध्यमहरुले बताएका छन् ।

प्रहरीका अनुसार विमान बजारिएको घरमा मालिकले एक पार्टीको आयोजना गरेका थिए। सोहि क्रममा त्यहाँ सहभागी ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेको उक्त विमानका टुक्राहरु अन्य घरसम्म पुगेको भएपनि कुनै मानवीय क्षति हुन् नपाएको बताइएको छ । विमान दुर्घटना भएर छतमाथि खसेको थाहा पाएपछि त्यहाँबाट भागेर केहि व्यक्तिहरुले ज्यान जोगाउन सफल भएका थिए ।

एक्कासी आगोलागी भएपछि दुर्घटनामा परेको उक्त विमानका चालक अवकाशप्राप्त पुलिस अधिकारीको मृत्यु भएको हो भने दुर्घटनामा थुप्रै घाइते भएका छन् । विमानमा पाईलट बाहेक अन्य कोहि सवार नभएको जनाइएको छ ।


हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 
हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 

काठमाडौं । मुम्बई हमलाका योजनाकार हाफिज सईदलाई पाकिस्तानले गिरफ्तार गरेपनि भारतले आतंकवादी संगठन जमात उल दावाका ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी गरेको छ ।&nbsp..

भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु
भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु

भारत । भारतकै सबै भन्दा पुरानो केशरभाई भवन भत्किँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको डोनग्री क्षेत्रमा अविरल वर्षासँगै केशरभाई भवन भत्किएको थियो । वर्षाका भवनको संरचना कमज..

२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो
२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो

भारत । मुम्बईस्थित घाटकोपरक्षेत्रमा २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । प्रहरीले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । अनुसन्धान..

भवन भत्किँदा ४० जना मानिस पुरिए
भवन भत्किँदा ४० जना मानिस पुरिए

भारत । मुम्बईमा रहेको एउटा चारतले भवन भत्किँदा दर्जनौं मानिस पुरिएका छन् । मुसलधारे वर्षापछि मुम्बईको डोंगरी क्षेत्रमा रहेको चारतले भवन भत्किएको हो ।  भवनमा रहेका ३०(४..