अफगानिस्तानका विभिन्न सुरक्षा चौकीमा एकैसाथ तालिबानी हमला, २० सैनिकसहित ४२ को मृत्यु


नेपालपाना प्रकाशित: २०७५-१०-२३ गते
अफगानिस्तानका विभिन्न सुरक्षा चौकीमा एकैसाथ तालिबानी हमला, २० सैनिकसहित ४२ को मृत्यु

कुन्दुज । अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन्।

''उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मङ्गलबार विभिन्न सुरक्षा चौकीमा एकैसाथ आक्रमण थालेपछि भएको प्रतिरोधका क्रममा २२ जना लडाकूका साथै २० जना सुरक्षाकर्मीको मृत्यु भएको छ,'' एक जना स्थानीय अधिकारीले बताए। घाइते बनेका केही लडाकूलाई विद्रोहीले लिएर भागेका पनि उनले बताए।

यसैबीच उत्तरी क्षेत्रका लागि राष्ट्रिय सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाईले सुरक्षाकर्मीतर्फ भएको क्षतिबारे जानकारी नगराइकन २२ जना तालिवान लडाकूको मृत्यु भएको र १८ जना घाइते भएका जानकारी दिए। रेजाईले विद्रोही अहिले भीडन्त भएका स्थानहरूबाट भागिसकेका दाबी गरे।

घटनामा दर्जनौँ सुरक्षाकर्मीको मृत्यु भएको र करिब ३० जना घाइते भएका एक स्थानीयले बताए।

तालिवान समूहका प्रवक्ता जाविहुल्ला मजाहिदले सञ्चार माध्यमहरूलाई दिएको जानकारीमा विद्रोही लडाकूले सरकारी सुरक्षाफौजमाथि गरेको कारबाहीमा सुरूमा १० जना प्रहरीको मृत्यु भएको र केही सुरक्षा चौकीहरूलाई नियन्त्रणमा लिने क्रममा थप केही सुरक्षाकर्मीको मृत्यु भएको दाबी गरे।







जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..

भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार
भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार

एजेन्सी । पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार भएको छ । भारतको दक्षिणी सहर चेन्नाईमा पछिल्ला केही..