सर्वोच्चले खोल्यो नक्कली भ्याटबील प्रकरण मुद्दाको फाइल, ५ सय कम्पनीले यसरी छलेका थिए कर


नेपालपाना प्रकाशित: २०७५-१०-२३ गते
सर्वोच्चले खोल्यो नक्कली भ्याटबील प्रकरण मुद्दाको फाइल, ५ सय कम्पनीले यसरी छलेका थिए कर

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याटबील बनाएर मुलुकको अर्बाैं राजस्व छली गर्ने ५ सय वटा कम्पनीहरूमाथि परेको मुद्दाको फाइल खोलेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) छली गरि देशको अर्बाैं राजस्व घोटाला गरेका कम्पनीहरूलाइ कारबाहीको दायरामा ल्याउन सर्वोच्चले यस्तो कदम चालेको हो । 

२०६७ सालमा नक्कली भ्याटबिल प्रकरण चर्कँदा तत्कालीन अर्थसचिव रामेश्वर खनालले राजीनामा नै दिनुपरेको थियो । भ्याट छल्ने कम्पनीहरूलाइ कारबाही गर्न खोज्दा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले व्यापारीको पक्षमा लागेर खनालमाथि रिसिइबी साँधेका थिए । 

आन्तरिक राजस्व विभागका तत्कालीन राजन खनालले भ्याटछली गर्न कम्पनी एवं फर्महरूमाथि अनुसन्धान गरि राजस्व न्यायाधीकरणमा मुद्धा समेत दायर गरेका थिए । तर न्यायाधीकरणले पनि व्यापारीहरूलाइ उन्मुक्ति दिएको थियो । 

उता, कर कार्यालयले पनि छली भएको राजस्व र शतप्रतिशत जरिवाना तिराउने गरि न्यायाधीकरणमै मुद्धा दायर गरेको थियो । तर न्यायाधीकरणले जरिवाना नै उल्ट्याएको थियो । यसपछि आन्तरिक राजस्व विभागले अदालतमा मुद्धा दायर गरेको थियो ।

हालसम्म विचाराधीन रहेको यो मुद्धालाइ प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले आफ्नै बेन्चमा तानेका छन् । मुद्धासँग जोडिएका सबै मिसिललाइ पनि साथमै राख्न प्रधानन्यायाधीश जबराले निर्देशन दिएपछि भ्याटबील छली प्रकरणमा संलग्नहरूको निद हराम भएको छ ।

त्यतिखेर, एउटै व्यापारिक फर्मलाइ एक अर्ब रूपैयाँसम्म जरिवाना तोकिएको थियो । सिंगो बिल प्याड नै नक्कली बनाएर यस्ता फर्महरूले कर छली गरेका थिए । 


सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?
सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?

काठमाडौं । बुधवार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । सुन आज हिजोकै मुल्यमा कारोबार भएको हो । यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भए..

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो
अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुप..

आज नेप्से ४ अंकले बढ्यो
आज नेप्से ४ अंकले बढ्यो

काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज परिसूचकमा ४ अंकको सुधार आएको छ । आज नेप्से ४.४५ अंकले बढेर १ हजार २ सय ५९.०१ अंकमा पुगेको हो । नेप्से बढेको..

सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?
सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला फाइन गुणस्तरको सुन ६४ हजार ५ सय रुपैयाँ तोकेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।..