बाँध एक्कासी भत्किँयो, १५७ जनाको मृत्यु, १८२ वेपत्ता


नेपाल पाना प्रकाशित: २०७५-१०-२५ गते
बाँध एक्कासी भत्किँयो, १५७ जनाको मृत्यु, १८२ वेपत्ता

ब्राजिल । दक्षिणपूर्वी राज्य मिनास गेराइजमा बाँध भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५७ पुगेको बताइएको छ । गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५७ पुगेको बताइएको हो । 

अझै पनि उक्त दुर्घटनामा परी १८२ व्यक्ति वेपत्ता रहेका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो विवरण सार्वजनिक गरिएको छ । 

शुरुमा करिब ३०० व्यक्ति हराइरहेका जानकारी गराइएको थियो । बेपत्ता भएका व्यक्तिका शव फेला पर्दै गएपछि सो सङ्ख्या १५७ पुगेको र १८२ वेपत्ता रहेका स्थानीय अधिकारीले जानकारी दिएका छन् । 

यस घटनामा फसेका करिब १९२ व्यक्तिलाई जिवीतै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फभिओ गडइनडोले बताएका थिए । बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस शहरका करिब ३९ हजार जनसङ्ख्या प्रभावित भएका छन् । बाँध भत्किएको यस इलाकामा करिब चार सय उद्धारकर्ता लगातार उद्धारकार्यमा लागिपरेका बताइएको छ । 

उद्धार प्रयास निरन्तर भइरहेको भए तापनि घटनामा परेका व्यक्ति जीवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताएका छन् । 

यहाँको एक ठूलो बाँध फुटेर एक्कासी ठूलो मात्रामा शहर र नजिकैको बस्ती, सडक, तरकारी तथा अन्य बालीमा पसेको थियो । त्यस बाढीले केहीलाई बगाएको र कतिपय डुबेर पुरिएका थिए । यस बाँधका कारण निकै ठूलो संख्याका नागरिक प्रभावित भएका अधिकारीले जनाएका छन् ।


कश्मीर मामिला : मोदी र ट्रम्पले टेलिफोनमा आधाघण्टासम्म के कुरा गरे ?
कश्मीर मामिला : मोदी र ट्रम्पले टेलिफोनमा आधाघण्टासम्म के कुरा गरे ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर मामिलाबारे पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन कुराकानी गरेका छन् । जम्मु–कश्मीरलाई लिएर भा..

अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु
अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु

काठमाडौं । अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु बाढिका कारण भारतको उत्तराखण्डमा १७ जनाको मृत्यु भएको छ भने हिमाचलमा पहिरो जाँदा २४ जनाको मृत्यु भ..

भारतको परमाणु हतियारलाई लिएर पाकिस्तानी प्रधानमन्त्री 'त्रस्त' !
भारतको परमाणु हतियारलाई लिएर पाकिस्तानी प्रधानमन्त्री 'त्रस्त' !

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग भएको परमाणु हतियारबारे त्रस्त हुँदै अन्तर्राष्ट्रिय समुदायसँग गुहार मागेका छन् ।  विधुतीय सामाजिक सञ्जाल ट्वीट..

आत्मघातीले विवाह मण्डप नै उडाइदिँदा काबुलमा ठूलो मानवीय हताहती
आत्मघातीले विवाह मण्डप नै उडाइदिँदा काबुलमा ठूलो मानवीय हताहती

अफगानिस्तान । राजधानी काबुलमा भईरहेको एक विवाह समारोहमा आत्मघाती बम आक्रमण भएको छ । अफगानिस्तानको गृह मन्त्रालयले पछिल्लो हमलामा कैयौं मानिसको ज्यान गएको जनाएको छ । ..