जाजरकोटकी चेलीले सिरियलबाट मारिन् वलिउडमा छलाङ, भइन् नायिका   


नेपाल पाना प्रकाशित: २०७५-१०-२५ गते
जाजरकोटकी चेलीले सिरियलबाट मारिन् वलिउडमा छलाङ, भइन् नायिका   

जाजरकोट ।  भारतीय चलचित्रमा जाजरकोटकी एक युवती अनुवन्धित भएकी छिन् । भेरी नगरपालिका ३ पिपलडाडाँकी सिजन पुन भारतीय चलचित्र निर्माण कम्पनी पि भन्साली प्रोडक्सन हाउसले निर्माण सुरु गरेको हर जनम मेँ मिलिंगे नामक चलचित्रमा अनुवन्धित भएकी हुन् । 

ठुलो पर्दाको चलचित्रमा मुख्य नायिकाको भुमिकामा उनी अनुवन्धित भएकाे चलचित्र निर्माण कम्पनीले जनाएकाे छ। गत डेढ वर्षदेखि भारतको मुम्वइमा रहेर भारतीय टेलिभिजनका दुइ वटा सिरियलहरुमा चरित्र अभिनेत्रीको भुमिका निर्वाह गरिहेकी २१ वर्षिय सिजनले मंगलवार देखि ठुलो पर्दाको हिन्दी चलचित्रमा मुख्य नायिकाको भुमिकामा अभिनय गर्न थालेकी हुन् ।

शसी शेखरको निर्देशन र प्रवीन भन्शालीको निर्माण र चन्दरको लेखन रहेको उक्त चलचित्रमा दुइ जना नायकहरुका साथ उनको अभिनय रहेको छ । चलचित्रमा आफुले धनी घरकी युवतीको भुमिका निर्वाह गरिहेको र गाउँमा हुने अपराध र अन्यायको शिकार हुने गरिवहरुको उद्धार गर्ने खालको भुमिका आफुले निर्वाह गर्ने उनले वताइन् । सहरको विकृति र गाउँमा ठुलावडाले गरिवहरु माथि गर्ने अन्याय र अपराधको चलन कस्तो हुन्छ भन्ने वारे चलचित्रले विषय वस्तु देखाउन खोजेको नायिका सिजनले वताइन् ।

गाउँका सामन्त, भ्रष्टाचारी र अपराधीहरुलाइ युवतीको मायामा फसाएर उनीहरुलाइ अपराधको सजाया दिन एक जना सुन्दर युवती सहरवाट गाउँमा गएको भुमिका निर्वाह गर्न लागेको पनि उनले वताइन् । भारतको मुम्वइ र गुजरातका विभिन्न स्थानमा छायांकण भइरहेको उक्त चलचित्र दुइ घन्टा १० मिनेटको हुने वताइएको छ । यस अघि सिजनले भारतीय टिभी च्यानल स्टार प्लसमा प्रशारण भइरहेको आरम्भ नामको सिरियल र अर्को क्राइम स्टोरी लक अपमा चरित्र अभिनेत्रीको रुपमा आफुले अभिनय गरिसकेको सिजनले वताइन् ।

जाजरकोट खलंगाको त्रिभुवन माध्यमिक विद्यालयवाट एसएलसी र कक्षा ११ र १२ पास गरेकी सिजनले आफुलाइ जाजरकोटकै छोरी भन्न मन लाग्ने र यसै मार्फत भारतीय चलचित्र दुनियामा सफल अभिनेत्रीको रुपमा स्थापित हुने आफनो ठुलो सपना रहेको वताइन् । जीवनमा संघर्षको वास्तविक कस्तो हुन्छ भनेर देखाउने पनि आफनो रहर रहेको उनले वताइन् ।

 


गिरीको स्वरमा रहेकाे ‘माया लाएँ’ले धड्क बढाइदियो (भिडियोसहित)
गिरीको स्वरमा रहेकाे ‘माया लाएँ’ले धड्क बढाइदियो (भिडियोसहित)

काठमाडौं । गायक माधव गिरीको स्वरमा रहेकाे ‘माया लाएँ...’ रिलिज भएको छ । गायक गिरीको यो पहिलो गीत हो । गीतमा गायक गिरीकै स्वर, संगीत र शब्द रहेका छन् । रोमान्टिक..

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?

काठमाडौं । गायिका आस्था राउत चर्चासँगै विवादमा तानिएकी छन् । बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुव्यर्वहार गरेको आरोप लगाउँदै लाइभमार्फत प्रहरील..

 ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक (भिडियोसहित)
 ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक (भिडियोसहित)

काठमाडौँ । गायिका सरु गौतम र गायक सुभाष पुरीको ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक भएको छ ।   गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत..

चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक
चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक

काठमाडौँ । फागुण ९ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक गरिएको छ ।   नेपालको पहिलो चलचित्र ‘आमा’को नाम सापटी लिएर बनार..