अन्ततः प्रचण्डले नै नंगाए ओलीलाई, एकताले पूर्णता नपाउँदै नेताहरु बाँडिए दुई खेमामा


नेपाल पाना प्रकाशित: २०७५-१०-२५ गते
अन्ततः प्रचण्डले नै नंगाए ओलीलाई, एकताले पूर्णता नपाउँदै नेताहरु बाँडिए दुई खेमामा

काठमाडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले समर्थन गरेको केपी ओली नेतृत्वको सरकारमाथि प्रश्न उठाएका छन्।

प्रचण्डले संविधान अनुसार सरकार चल्न नसकेको घुमाउरो भाषामा आफ्नै पार्टीको सरकारमाथि प्रश्न उठाएपछि पूर्व एमालेका नेताहरु चाकित परेका छन्। उनले सरकारद्धारा ल्याइएका ऐन कानून संविधानको मर्मअनुसार छन् की छैनन् भन्ने विषयमा गम्भीर प्रश्न उठेको शुक्रबार एक सार्वजनिक कार्यक्रममा बताए।

प्रचण्डले कसैको नाम नलिएर, माओवादीलाई सिध्याइहालियो, अब जे गरे पनि हुन्छ भन्ने नठान्न घुमाउरो भाषामा प्रधानमन्त्री ओलीलाई चेतावनीसमेत दिए ।

उनले सरकार शान्ति सम्झौता र संविधानको मर्म विपरीत चलिरहेको गम्भीर आरोप पनि लगाए । स्थानीय र प्रदेश सरकारलाई दिएको संवैधानिक अधिकार प्रत्यायोजन गर्न सरकार तयार नभएको अध्यक्ष दाहालको आरोप छ ।

‘स्थानीय तह सञ्चालन ऐनः न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको शुक्रबार काठमाण्डौमा विमोचन गर्दै उनले कानुन निर्माण, सुरक्षा, बजेट सबै विषयमा सरकारले प्रदेश र स्थानीय तहको अधिकार संकुचन गर्न खोजेको भन्दै आपत्ति समेत जनाए ।

अध्यक्ष दाहालले स्थिति यही रहिरहे मधेश र पहाडमा फरक फरक खालको आन्दोलनका सुरु हुने खतरा पनि औंल्याए । जनयुद्ध र जनआन्दोलनको मर्मअनुसार सरकारले काम नगरे मुलुकमा माओवादीभन्दा पनि ठूलो आन्दोलन हुने अध्यक्ष दाहालले दावी गरे। दहालको यस्तो भनाईले नेकपाका नेताहरु दुई भागमा बाँडिएका छन्।

स्रोतका अनुुसार ओली प्रचण्डबीच पूर्व सहमति अनुसार केही गम्भीर विषयमा कुरा नमिलेपछि प्रण्चड आक्रोशित भावमा सरकारको आलोचना गरेका हुन्।


मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: सभापति देउवा
मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।  पद्यकन्या..

‘अब हामी बहकिनु हुन्‍न, कडा कदम चाल्ने हो’
‘अब हामी बहकिनु हुन्‍न, कडा कदम चाल्ने हो’

काठमाडौं । सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको शिलान्यास कार्य्रकममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले अब कडा कदम चाल्ने बताएका..

‘डेंगु नबढोस् भनेर लामखुट्टेश्वर महादेव स्थापना गरौं’
‘डेंगु नबढोस् भनेर लामखुट्टेश्वर महादेव स्थापना गरौं’

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणका लागि कुनै औषधी पत्ता नलागेको र हामीभन्दा साधनस्रोत सम्पन्न मुलुकमा पनि डेंगु नियन्त्रण नभएको..

प्रतिबन्धित नेकपाका झापा इन्चार्ज र सेक्रेटरीसहित ५ विरुद्ध पाँच कसुरमा मुद्दा चलाइयो
प्रतिबन्धित नेकपाका झापा इन्चार्ज र सेक्रेटरीसहित ५ विरुद्ध पाँच कसुरमा मुद्दा चलाइयो

भद्रपुर । झापाका विभिन्न स्थानमा बम विस्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ुविप्लवु समूहका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित ५ जनालाई ५ कसुरमा मुद्दा च..