मन्त्रीका गाडी किन्दा लाखौँको घोटाला, अख्तियारले छानविन गरेपछि लेखा समितिले लियो यस्तो एक्सन


नेपाल पाना प्रकाशित: २०७५-१०-२५ गते
मन्त्रीका गाडी किन्दा लाखौँको घोटाला, अख्तियारले छानविन गरेपछि लेखा समितिले लियो यस्तो एक्सन

बुटवल । शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले प्रदेशसभा सचिवालय र मन्त्रालयहरुकोगाडी किन्दा प्रचलित कानून विपरीत खरिद गरिएको खुलासा भएको छ। प्रदेश ५ को सार्वजनिक लेखा समितिले प्रदेशसभा सचिवालय र मन्त्रालयहरुले उक्त गाडी किन्दा प्रचलित मूल्यभन्दा ५७ लाख रुपैयाँ बढी खर्च भएको निश्कर्ष निकालेपछि कानून विपरीत खरिद गरिएको खुलासा भएको हो।

शुक्रबार बसेको समितिको बैठकले गाडी खरिदबाट प्रदेश सरकारलाई उक्त ५७ लाख घाटा लागेको निश्कर्ष निकाल्दै रकम प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।गाडी बिक्री गर्ने कम्पनीले प्रचलित बजार मूल्य भन्दा २५ देखि २९ प्रतिशतसम्म बढी रकम असुल गरेको प्रमाण फेला पारिएको सभापति डिल्लीबहादुर चौधरीले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक खरिद ऐनमा भएको त्रुटिको गलत फाइदा उठाउँदै कम्पनीले बढी मुनाफा कमाउने उद्देश्यले सर्वसाधारण, मन्त्रालय र प्रदेशसभा सचिवालयलाई फरक फरक मूल्यमा गाडी बिक्री गरेको भन्दै ऐन संशोधनको आवश्यकता पनि रहेको छ। गाडी खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन अगाडि बढाइसकेकाले समितिले विस्तृत अध्ययन नगरेको सभापति चौधरीले बताए ।

प्रदेशसभा सचिवालय र प्रदेश सरकारका लागि यो वर्ष २२ करोड ७५ लाख ५७ हजार ९ सय ९९ रुपैयाँको गाडी खरिद भएको छ । त्यसबाहेक मोटरसाइकल तथा स्कुटीमा पनि लाखौं रुपैयाँ खर्च भएको छ । गाडी खरिदमा व्यापक अनियमिता भएको समाचार सार्वजनिक भएपछि प्रदेशसभाको सार्वजनिक लेखा समितिले उप समिति बनाएर छानबिन गरेको हो। 


सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?
सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?

काठमाडौं । बुधवार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । सुन आज हिजोकै मुल्यमा कारोबार भएको हो । यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भए..

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो
अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुप..

आज नेप्से ४ अंकले बढ्यो
आज नेप्से ४ अंकले बढ्यो

काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज परिसूचकमा ४ अंकको सुधार आएको छ । आज नेप्से ४.४५ अंकले बढेर १ हजार २ सय ५९.०१ अंकमा पुगेको हो । नेप्से बढेको..

सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?
सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला फाइन गुणस्तरको सुन ६४ हजार ५ सय रुपैयाँ तोकेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।..