मनमाैजी प्रेमले निम्त्याएको अपराध : प्रेमिकाको हत्या, प्रेमीलाइ सर्वस्वसहित जन्मकैद !


नेपालपाना प्रकाशित: २०७५-१०-२७ गते
मनमाैजी प्रेमले निम्त्याएको अपराध : प्रेमिकाको हत्या, प्रेमीलाइ सर्वस्वसहित जन्मकैद !

म्याग्दी । अन्तरजातीय सम्बन्धलाई समाजले अस्वीकार गर्ने आशंकामा म्याग्दीकी एक युवतीको ज्यान गएको छ भने युवतीको ज्यान लिने युवालाई सर्वस्वसहित जन्मकैदको सजाय भएको छ ।

अन्नपूर्ण गाउँपालिका-७ घराम्दीकी २० वर्षीया सबिता नेपालीलाई बेनी नगरपालिका-९ काउलेगैँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले कालीगण्डकी नदीमा जिपसहित खसालेका ठहर गर्दै अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । गत १४ असारमा नेपालीलाई कालीगण्डकीमा खसालेर खड्का बेपत्ता भएका थिए । 

अविवाहित सबिता गर्भवती भएपछि घराम्दीमा गाउँभेला आयोजना गरिएको थियो । सो भेलामा सबिताको गर्भमा रहेको बच्चा आफ्नो भएको विवााहित खड्काले स्वीकारेका थिए । त्यसपछि खड्काले उनलाई जिपमा राखेर गाउँबाट निस्किएका थिए ।

जिम्मा दिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा जिपमा राखेर गाउँबाट निस्केका खड्काले तिप्ल्याङमा ल्याएपछि गाडीसहित खसालेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । यो समाचार नयाँ पत्रिकामा दैनिकमा छापिएको छ ।


विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 
विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ ।  गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको..

कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने
कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने

काठमाडौं । उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।  विद्..

श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ
श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ

कैलाली । चुरे गाउँपालिका–६ मड्डमा श्रीमान–श्रीमती मिलेर एक जनाको हत्या गरेको छ। गुल्मी घर भई हाल मजदुरी गर्दै आएका ३५ वर्षीय कमल कुँवरको हत्या गरी गाडेको अवस्था..

मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन
मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ ।  सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चु..