नेपालका मठमन्दिरलाई विश्व सम्पदाबाट हटाईदिने युनेस्कोको चेतावनी


नेपालपाना प्रकाशित: २०७५-१०-२७ गते
नेपालका मठमन्दिरलाई विश्व सम्पदाबाट हटाईदिने युनेस्कोको चेतावनी

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको पुनर्निर्माणमा आवश्यक मापदण्डलाई ख्याल नगरी जथाभावी निर्माण गरिँदा ती महत्वपूर्ण सम्पदाहरू उच्च जोखिमा परेका छन् । जसकारण विश्वसम्पदा सूचीबाटै हट्ने खतरा बढेको छ । पुनर्निर्माणमा सरकारी निकायको लापार्बाही र चरम बेवास्ताले गर्दा ती सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने खतरा बढेको हो ।

यसरी, उच्च जोखिममा परेका सम्पदामा काठमाडौं दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ र चाँगुनारायण रहेका छन् ।  युनेस्कोले काठमाडौं उपत्यकालाई एक क्षेत्र मानेर यी सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको थियो । पछिल्लो समय पशुपतिनाथलगाायतका सम्पदामा पुनर्निर्माणका क्रममा आवश्यक मापदण्डलाई ख्याल नगरिँदा ती सम्पदा जोखिममा परेको पुरातत्व विभागले जनाएको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार यसअघि समेत सन् २००७ मा अव्यवस्थित सहरीकरण तथा व्यवस्थापनमा देखिएको समन्वय अभावको कारण देखाई यसमा सुधार गर्न युनेस्कोले सुझाव दिएको थियो । सुधार नगरे विश्वसम्पदा सूचीबाटै हट्नेसम्मको चेतावनी युनेस्कोले दिएको थियो ।

अहिले पनि पशुपति क्षेत्रको पुनर्निर्माणमा मापदण्ड नबनाई मनलागी ढंगबाट निर्माण गर्न थालेपछि युनेस्कोले पुनः चेतावनी दिन सक्ने विभागका प्रवक्ता कुँवरले बताए । राजधानी दैनिकले यो समाचार छापेको छ ।


मुलुकभर चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने
मुलुकभर चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने

काठमाडौं । संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने भएको छ ।  असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल..

काठमाडौं-निजगढ फास्ट ट्र्याकको डीपीआर स्वीकृत
काठमाडौं-निजगढ फास्ट ट्र्याकको डीपीआर स्वीकृत

काठमाडौं । काठमाडौं-निजगढ फास्ट ट्र्याक निर्माणको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० स्वीकृत भएको छ । तीन दिनअघि बसेको मन्त्रिपरिषद बैठकले डीपीआर स्वीकृत गरेको प्रधानमन्त्री..

मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 
मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ ।  लगानी ब..

वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने
वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने

काठमाडौं । दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र क..