यस्ता हुन्छन् ओलीले बाँड्ने सपना : साढे तीन बर्षसम्म पनि तुइन विस्थापन गर्न विफल


नेपालपाना प्रकाशित: २०७५-१०-२७ गते
यस्ता हुन्छन् ओलीले बाँड्ने सपना : साढे तीन बर्षसम्म पनि तुइन विस्थापन गर्न विफल

काठमाडौं । दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा साढे तीन वर्षमा पनि पूरा हुन सकेको छैन । पहिलो पटक प्रधानमन्त्री हुँदा पदभार ग्रहण गर्ने क्रममा २५ असोज ०७२ मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने निर्णय गरेका थिए ।

मुलकभर अझै २० वटा तुइन प्रतिस्थापन हुन नसकेको  संघीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालका अनुसार देशभर रहेका १३५ तुइनमध्ये ११५ तुइन प्रतिस्थापन भइसकेको छ ।

प्रधानमन्त्री ओलीको घोषणासँगै तुइनमुक्त बनाउने अभियानलाइ सफल बनाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्ययोजना बनाएको थियो ।

घोषित अवधिमा तुइन प्रतिस्थापन हुन नसकेपछि आवश्यक परेका स्थानीय प्रशासनसमेतको सहयोग लिई यथाशक्य तुइन हटाउने मन्त्रालयले गत बिहीबार सबै स्थानीय तहलाई परिपत्र गरेको छ । नयाँ पत्रिका दैनिकले यो समाचार प्रकाशित गरेको छ ।


विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 
विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ ।  गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको..

कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने
कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने

काठमाडौं । उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।  विद्..

श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ
श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ

कैलाली । चुरे गाउँपालिका–६ मड्डमा श्रीमान–श्रीमती मिलेर एक जनाको हत्या गरेको छ। गुल्मी घर भई हाल मजदुरी गर्दै आएका ३५ वर्षीय कमल कुँवरको हत्या गरी गाडेको अवस्था..

मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन
मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ ।  सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चु..