शिक्षक सेवा आयोगले अबदेखि प्रारम्भिक परीक्षा लिने, फर्म अनलाइनबाट भर्नुपर्ने


नेपालपाना प्रकाशित: २०७५-१०-२७ गते
शिक्षक सेवा आयोगले अबदेखि प्रारम्भिक परीक्षा लिने, फर्म अनलाइनबाट भर्नुपर्ने

काठमाडौं । शिक्षक सेवा आयोगले अबदेखि शिक्षकको स्थायी परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्नुपर्ने व्यवस्था गर्ने भएको छ । परीक्षामा आवेदकले फाराम भर्दा समस्या बेहोर्नुपरेपछि आयोगले अनलाइनमार्फत फारम भर्ने व्यवस्था गर्न लागेको हो ।

आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसी थपलियाले शिक्षाका कार्यालयमै आएर फारम भर्दा बढी झन्झट र समस्या आउन थालेपछि अनलाइन प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिनुभयो ।

आयोगले ट्रायलका रुपमा अब आउने परीक्षामा यो व्यवस्था गर्न लागेको हो । स्थायी शिक्षकको आवेदनसँगै शिक्षण अनुमतिपत्रको परीक्षाको समेत अनलाइन फाराम भर्ने व्यवस्था गर्न लागेको हो ।

त्यस्तै आयोगले स्थायी पदका लागि आवेदन दिएको उम्मेदवारको प्रारम्भिक परीक्षा लिने व्यवस्था गर्न लागेको छ । ‘शिक्षक पदका लागि उम्मेदवारहरुको संख्या धेरै हुन थालेपछि प्रारम्भिक परीक्षाबाट परीक्षार्थी छनोट गरी परीक्षा लिने व्यवस्था गर्न लागेको हो ।

प्रमुख प्रशासकीय अधिकृत डा. थपलियाले प्रारम्भिक परीक्षाबाट छनोट भएपछि मात्रै स्थायी पदका लागि लिइने लिखित परीक्षामा सहभागी गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । नेपाल समाचारपत्र दैनिकले यो खबर छापेको छ ।


विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 
विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ ।  गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको..

कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने
कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने

काठमाडौं । उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।  विद्..

श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ
श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ

कैलाली । चुरे गाउँपालिका–६ मड्डमा श्रीमान–श्रीमती मिलेर एक जनाको हत्या गरेको छ। गुल्मी घर भई हाल मजदुरी गर्दै आएका ३५ वर्षीय कमल कुँवरको हत्या गरी गाडेको अवस्था..

मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन
मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ ।  सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चु..