थाइ राजनीतिक विवाद : राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार नबनाईने


एजेन्सी प्रकाशित: २०७५-१०-२७ गते
थाइ राजनीतिक विवाद : राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार नबनाईने

काठमाडाैं । आगामी निर्वाचनमा राजकुमारी उबोलारत्नालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टीले आफ्नो निर्णय फिर्ता लिएको छ ।

थाइल्याण्डका राजा वाजिरालोङकोर्नले प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको अप्रत्याशित दावेदारीलाई अनुचित रहेको जनाउँदै भर्त्सना गरेपछि थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको हो । थाइल्याण्डमा आगामी मार्चमा प्रधानमन्त्री पदको चुनाव हुँदैछ ।

राजदरबारबाट एक वक्तव्य सार्वजनिक गर्दै थाई राजाले आफ्नी दिदीले उम्मेदवारी दिए त्यो देशको संस्कृतिविरुद्ध हुने बताएका थिए । ६७ वर्षीया राजकुमारी उबोलरत्ना माहीदोललाई पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको सहयोगी पार्टीले उम्मेदवार बनाउने तयारी गरेको थियो ।

थाई रक्षा पार्टीले राजपरिवारको निर्देशनलाई मान्ने बताउँदै राजकुमारीलाई चुनावमा उठाउने निर्णयबाट पछि हटेको जानकारी दिएको छ । थाइल्याण्डको शाही परिवार राजनीतिबाट अलग रहने परम्परा रहँदै आएको छ । 


मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु
मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु

एजेन्सी । भारतको एक मन्दिरमा भागदौड हुदाँ चार जनाको मृत्यु भएको छ ।  पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार..

कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 
कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति काठमाडौं । जम्मु–कश्मीरलाई विशेषाधिकार दिने संविधानको अनुसूची ३७० खारेज गरेपछि भारतसँग क्रुद्ध बनेको पाकिस्तान..

पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए
पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए

काठमाडौं । विवादित भाषण र बयानबाजीका कारणका चर्चामा आईरहने पाकिस्तानका रेलमन्त्री शेख रशीद बेलायतको लण्डनमा कुटिएका छन् । रशीस तिनै व्यक्ति हुन् : जसले जम्मु–क..

सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु
सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु

अफगानिस्तान । उत्तरी प्रान्त बाल्खमा अफगानिस्तानको हवाई सैन्य सेनाले गरेको कारबाहीमा परी २० जना तालिबानको ज्यान गएको छ । त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा..