बेहुलाले ‘स्टुपिड’ भनेको भन्दै लगनगाँठो कसेको तीन मिनेटभित्रै ‘डिभोर्स’


नेपाल पाना प्रकाशित: २०७५-१०-२७ गते
बेहुलाले ‘स्टुपिड’ भनेको भन्दै लगनगाँठो कसेको तीन मिनेटभित्रै ‘डिभोर्स’

कुवेत । कुवेतमा बस्ने एक जोडीको लगनगाँठो कसेको तीन मिनेटभित्रै ‘डिभोर्स’ भएको छ । बेहुलाले जिस्काएको भन्दै बेहुलीले विवाह लगत्तै आफ्नो सम्बन्ध तोडेको बताइन्छ ।

विवाहको कानूनी प्रक्रिया समाप्त भएपछि यो जोडीले कोर्टहाउस बाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो विवाह अन्त्य भएको घोषणा गरिन् । रिपोर्टका अनुसार बेहुली हिँड्दा हिँड्दै लडेपछि बेहुलाले उनलाई ‘मुर्ख’ ९स्टुपिड० भनेका थिए ।

क्यूएट न्यूजको दाबी अनुसार बेहुलाले आफूलाई मुर्ख भनेपछि ती महिला यति रिसाइन् कि उनले जजसँग तत्काल सम्बन्धविच्छेद गराइदिने माग राखिन् । जजले उनको माग सम्बोधन गरे । ती जोडीले विवाह दर्ता गराएको तीन मिनेटपछि नै त्यही जजले उनीहरुको सम्बन्धविच्छेद पनि गराए ।

कुवेतमा बस्ने यो जोडी श्रीमान्–श्रीमतीको रुपमा कोर्टहाउस बाहिरसमेत पुग्न सकेनन् । यो देशको इतिहासमा सबैभन्दा छोटो विवाह बताइएको छ ।


मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु
मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु

एजेन्सी । भारतको एक मन्दिरमा भागदौड हुदाँ चार जनाको मृत्यु भएको छ ।  पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार..

कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 
कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति काठमाडौं । जम्मु–कश्मीरलाई विशेषाधिकार दिने संविधानको अनुसूची ३७० खारेज गरेपछि भारतसँग क्रुद्ध बनेको पाकिस्तान..

पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए
पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए

काठमाडौं । विवादित भाषण र बयानबाजीका कारणका चर्चामा आईरहने पाकिस्तानका रेलमन्त्री शेख रशीद बेलायतको लण्डनमा कुटिएका छन् । रशीस तिनै व्यक्ति हुन् : जसले जम्मु–क..

सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु
सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु

अफगानिस्तान । उत्तरी प्रान्त बाल्खमा अफगानिस्तानको हवाई सैन्य सेनाले गरेको कारबाहीमा परी २० जना तालिबानको ज्यान गएको छ । त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा..