लागुऔषधसहित लहानबाट २ युवक पक्राउ


प्रकाशित: २०७५-१०-२७ गते
लागुऔषधसहित लहानबाट २ युवक पक्राउ

लहान । प्रतिबन्धित लागुऔषधसहित आज बिहान लहान नगरपालिका–३ स्थित बसपार्कबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहमा सोही वडा निवासी २५ वर्षीय रामबाबु शर्मा र उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी २७ वर्षीय आशिष सिलवाल रहेको प्रहरीले जनाएको छ । 

लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बसपार्कबाट दुवै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। 

पक्राउ परेकाको साथबाट फेनारगन–९ एम्पुल, डाईजिल्याब नौ एम्पुल र नुफिन ८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले सिरहा विष्णुपुर–५ बाट करीब ५० हजार मूल्य बराबरको अवैधरूपमा ल्याइएको समान बरामद गरेको छ । 


चार हजार धरौटीमा छुटिन् आस्था राउत
चार हजार धरौटीमा छुटिन् आस्था राउत

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई चार हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश ग..

अमेरिकी सैनिकको विमान दुर्घटनाग्रस्त
अमेरिकी सैनिकको विमान दुर्घटनाग्रस्त

एजेन्सी । अमेरिकी सैनिकको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनाको जिम्मा तालिवानले लिएको छ । अमेरिकी सेनाले सोमबार अफगानिस्तानको पूर्वी क्षेत्रमा आफ्नो..

पाकिस्तानमा फेरी अर्को हिन्दू केटी बिहेकै समयमा अपहरित, हिन्दूहरु 'चिन्तित'
पाकिस्तानमा फेरी अर्को हिन्दू केटी बिहेकै समयमा अपहरित, हिन्दूहरु 'चिन्तित'

काठमाडौं । पाकिस्तानमा फेरी अर्को हिन्दू कन्या अपहरणमा परेकी छन् ।  पाकिस्तानी पुलिस र सेनाको सहयोगमा अपहरणकारीले भारती नन्दन निशाको अपहरण गरेको खुलेको छ । भारतीको केह..

शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल
शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताएका छन् । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि..