अध्यक्ष प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भनेपछि आयो यस्तो नयाँ तरंग, मम्चियो नेकपामा हल्लीखल्ली


नेपाल पाना प्रकाशित: २०७५-१०-२७ गते
अध्यक्ष प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भनेपछि आयो यस्तो नयाँ तरंग, मम्चियो नेकपामा हल्लीखल्ली

काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जुहारी चलिरहेका बेला अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमै ‘माओवादीलाई सिध्याइयो, जे गरेपछि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मन्छ’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । यसको यो अभिव्यक्तिले स्वयंम नेकपामा हल्लीखल्ली मम्चिएको छ ।

कतिपयले सत्तारुढ नेकपामा फुट आउन लागेको त होइन भन्ने आशंका समेत गरेका छन् । तर, प्रचण्डलाई नजिकबाट चिन्ने नेताहरु भने यो अभिव्यक्ति त्यो स्तरको नभएको बताउँछन् । तर, प्रचण्ड प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेको स्वीकार गर्छन् ।

एमाले र माओवादीबीच पार्टी एकता गर्दा नेकपामा दुबै अध्यक्ष कायम रहने साझा सहमति थियो । आलोपालोको भद्र सहमति पनि भएको नेताहरु बताउँछन् । तर, एकीकृत पार्टीमा ओलीले एकलौटी गरेको पूर्वमाओवादी नेताहरुको गुनासो छ । प्रधानमन्त्री समेत भएकाले प्रचण्ड सहयोगी जस्तो मात्र देखिनु स्वभाविक भएपछि ओलीले पार्टी र सरकार सञ्चालनमा एकलौटी गर्न खोजेको उनीहरु बताउँछन् ।

अझ बुधबार एउटा टेलिभिजन अन्तर्वार्तामा ओलीले भेनेजुएला प्रकरणमा प्रचण्डले जारी गरेको वक्तव्य चिप्लिएको मात्र भनेनन्, ‘एक जना साथीले दिएको वक्तव्य’ भनेपछि प्रचण्ड असन्तुष्ट बनेको निकटवर्तीहरु बताउँछन् । एक नेताले भने, ‘प्रचण्डले नेकपामा अर्का अध्यक्ष पनि छ भन्ने सन्देश दिएको हो ।’

साथै द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन सरकारको अपेक्षाकृत काम नगरेको पूर्व माओवादी नेताहरुको बुझाइ छ । सतय निरुपण तथा मेलमिलाप र वेपत्ता छानविनसम्बन्धी आयोगको म्याद त थपिएको छ तर, ऐन संशोधन अझै टुंगो लागेको छैन । यसबारे प्रमुख विपक्षी कांग्रेस र द्वन्द्व पीडितहरुसँग पनि निरन्तर सम्वाद भने भइरहेको छ ।

सरकारले ऐन संशोधनमा अलमल गरिरहँदा आममाफी दिन खोजिएको भन्दै विरोध समेत भयो । राष्ट्रसंघ र युरोपेली युनियनसहित ७ देशले संयुक्त वक्तव्य जारी गर्दै दबाव दिए । सरकारले त्यसको प्रतिवाद त गरेको छ तर, सरोकारवाला पक्षलाई समेत विश्वासमा लिएर यो मुद्दा टुंग्याउने ठोस खाका कोरेको छैन ।

जबकी प्रचण्ड यसलाई जति सकिन्छ, छिटो टुंग्याउन चाहन्छन् । ‘अर्को माओवादी जन्मिन्छ’ भन्ने उनको अभिव्यक्तिले सरकारलाई दबावसँगै अन्तराष्ट्रिय समुदायलाई पनि जवाफ भएको प्रचण्ड निकट पूर्व माओवादी नेताहरु बताउँछन् ।


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..