इलाममा यसरी पल्टिँयो ट्याक्टर, चालक ठहरै


नेपाल पाना प्रकाशित: २०७५-१०-२७ गते
इलाममा यसरी पल्टिँयो ट्याक्टर, चालक ठहरै

इलाम । देउमाई नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मेची राजमार्गमा पर्ने देउमाई नगरपालिका-१ देउरालीमा आइतबार विहान दुर्घटना भएको हो । 

दुर्घटनामा परी अन्दाजी २६ वर्षका चालक सुमन गुरुङको मृत्यु भएको हो । देउमाई-२ का गुरुङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार को १ त ४२६७ नं. को ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर झरेको हो ।

घटनामा इलाम नगरपालिका ८ का १५ वर्षिय लीला आचार्य र ताप्लेजुङका १७ वर्षिय रविन शंकर घाइते भएका छन् । घाइते दुवैको इलाम अस्पतालमा उपचार हुन नसकेपछि झापाको मनमोहन अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।


रुपज्योतिलाई रिहाको माग गर्दै काठमाडौँमा मौन जुलुस
रुपज्योतिलाई रिहाको माग गर्दै काठमाडौँमा मौन जुलुस

काठमाडौँ । उद्योगपति रुपज्योतिलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौँमा मौन जुलुस निकालेका छन्। सुध्रिने मौकासमेत नदिई पूर्व अर्थ राज्यमन्त्रीसमेत रहेका उद्योगपति ज्योतिलाई..

नेकपा निकट राष्ट्रिय युवा सङ्घले तोक्यो ७७ जिल्लामा संयोजक र सहसंयोजक
नेकपा निकट राष्ट्रिय युवा सङ्घले तोक्यो ७७ जिल्लामा संयोजक र सहसंयोजक

काठमाडौँ । नेकपा निकट राष्ट्रिय युवा सङ्घ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ । सङ्घको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्या..

गुर्जुधारा यातायातमा अख्तियारको छापा, नायब सुब्बासहित ४ जना समातिए
गुर्जुधारा यातायातमा अख्तियारको छापा, नायब सुब्बासहित ४ जना समातिए

काठमाडौं । यातायात व्यवस्था कार्यालय प्रदेश नम्बर-३ गुर्जुधारामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आर्थिक अनियमितता भएको सुराकीको आधारमा अख्तियारले छापा मारेक..

कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला
कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला

काठमाडौं । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय..