काँग्रेसले उठाएको सभामुख, उपसभामुख, अध्यक्ष र उपाध्यक्षविरुद्धको यस्तो मुद्धा कानून विपरीत सावित


नेपाल पाना प्रकाशित: २०७५-१०-२७ गते
काँग्रेसले उठाएको सभामुख, उपसभामुख, अध्यक्ष र उपाध्यक्षविरुद्धको यस्तो मुद्धा कानून विपरीत सावित

काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा चरम भष्टाचार भइरहेको संघीय संसदका पदाधिकारीहरुले कानुन विपरित लिँदै आएको दोहोरो सुविधाले पुष्टी गरेको छ। संघीय संसदका प्रतिनिधि तर्फका पदाधिकारीहरु सभामुख, उपसभामुख र राष्ट्रियसभा तर्फका पदाधिकारीहरु अध्यक्ष र उपाध्यक्षले कानून विपरीत जिल्ला भ्रमणमा जथाभावी इन्धन खर्च र अन्य सुविधा लिएर भ्रष्टारचारको सीमा नाघेका छन्।

संसदका यी चार वटै पदाधिकारीहरु पूर्व एमाले र माओवादीबाट संघीय सांसदका लागि निर्वाचन लडेका थिए। संसदका पदाधिकारी र सदस्यको सेवा सुविधासम्बन्धी ऐन, २०७३ ले पदाधिकारीका लागि मासिक इन्धनको कोटा तोकिदिएको छ । तर पदाधिकारीले भने जिल्ला भ्रमण जाँदा हवाईजहाज भाडा र अतिरिक्त इन्धन खर्च लिएका छन् । संसदका पदाधिकारीसम्बन्धी ऐनले सभामुख र राष्ट्रियसभा अध्यक्षका लागि मासिक २ सय ५० तथा उपसभामुख र उपाध्यक्षका लागि मासिक २ सय ३० लिटर इन्धन व्यवस्था गरेको छ । तर संसदका पदाधिकारीले नियम विपरित जिल्ला भ्रमणमा लाखौँ रकम इन्धनमार्फत् मात्र लिएका छन् ।

सभामुख कृष्णबहादुर महराले पाँच महिनायता इन्धन खर्च बापत झण्डै २ लाख रुपैयाँ लिएको सचिवालयकै लेखा शाखाको विवरणमा उल्लेख छ । अधिकांश निर्वाचन क्षेत्र केन्द्रित भ्रमण गरेका सभामुख महराले दैनिक भ्रमण भत्ता, हवाईजहाज र इन्धन खर्च बापत ३ लाख ५८ हजार १३ रुपैयाँ बुझेका छन् ।

यस्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाले पनि इन्धन र हजाईजहाज भाडा लिएका छन् । सचिवालयका अनुसार अध्यक्ष तिमिल्सेनाको हवाईजहाज खर्चमा एक लाख ७१ हजार ४ सय ४४ र इन्धनमा १० हजार ५० रुपैयाँ खर्च भएको छ । अध्यक्ष तिमिल्सेनाको जिल्ला भ्रमणमा तीन लाख १३ हजार ६ सय ४ रुपैयाँ खर्च भएको सचिवालयले जनाएको छ ।

संसदका पदाधिकारीहरु बधाई, सम्मान र उद्‍घाटन कार्यक्रममा सहभागी हुन जिल्ला जाँदा पनि राज्य कोषबाट हवाईजहाज, इन्धन र दैनिक भ्रमणभत्ता बुझ्ने गरेका छन ।

उपसभामुख शिवमाया तुम्वाहाम्फेले इन्धन खर्चबापत ५१ हजार ५७ रुपैयाँ लिएको सचिवालयले जनाएको छ । हवाईजहाज, दैनिक भ्रमण भत्ता र इन्धनमा उपसभामुख तुम्बाहाम्फेले २ लाख २७ हजार ९ सय २ रुपैयाँ लिएको सचिवालयले जनाएको छ । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले इन्धनमा मात्र ५२ हजार ८ सय ९ रुपैयाँ लिएकी छिन । जिल्ला भ्रमणमा उनको २ लाख ५३ हजार २ सय ९ रुपैयाँ खर्च भएको सचिवालयले जनाएको छ ।

संसद्‍का पदाधिकारीको सेवा सुविधा ऐनले दैनिक भ्रमण भत्ताको व्यवस्था गरे पनि जिल्ला भ्रमणमा छुट्टै इन्धन र यातायात खर्चको व्यवस्था गरेको छैन । ‘संसदको काम बाहेक पदाधिकारीका लागि अन्य काममा कुनै पनि सुविधा छैन’, सचिवालयका एक कर्मचारीले भने, ‘तर पदाधिकारीले भने दोहोरो सुविधा लिइरहेका छन्, जुन कानुनसम्मत छैन ।’ नेपाली काँग्रेसले यसअघि नै ओली नेतृत्वको सरकारमा चरम भ्रष्टाचार भइरहेको भनी लामो समयदेखि उठाउँदै अाएकाे मुद्दाले मुर्त रूप लिएकाे छ। 







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..