सेनाभित्रको भ्रष्टाचार बाहिरिँदै, प्रधानसेनापति हुँदा राजेन्द्र क्षेत्रीको यस्तो चर्तिकला


पत्रपत्रिकाबाट प्रकाशित: २०७५-१०-२८ गते
सेनाभित्रको भ्रष्टाचार बाहिरिँदै, प्रधानसेनापति हुँदा राजेन्द्र क्षेत्रीको यस्तो चर्तिकला

काठमाण्डौ । नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो ।

राज्यलाई झण्डै डेढ अर्ब रूपैयाँ भार पर्ने गरी तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्लान्ट खरिद निर्णय टुंग्याएको स्रोतले बतायो । जानकारहरूका अनुसार उक्त प्लान्ट अढाईदेखि तीन अर्ब रूपैयाँमा पाइन्छ ।

विवादका कारण सेनाले अहिलेसम्म गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट किन्न भने सकेको छैन । बाहिरबाट खरिद हुँदै आएको गोली यहीं तयार गर्ने उक्त प्लान्ट सुन्दरीजलमा राख्ने तय भएको थियो । वास्तविक लागतभन्दा बढी मूल्यमा प्लान्ट किन्ने सम्झौता भएपछि खरिद प्रक्रिया नै अवरुद्ध भएको रक्षा मन्त्रालय स्रोतले बताएको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेको हो ।

खरिद प्रक्रिया तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र रक्षामन्त्री भीमसेनदास प्रधानले अघि बढाएका थिए । तत्कालीन रक्षामन्त्री प्रधान, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रधानसेनापति क्षेत्रीबीच पटकपटक छलफलपछि प्लान्ट खरिद निर्णय भएको थियो ।


जता जंगल उतै डोजर, दुर्लभ र बहुमूल्य जडीबुटी विनाश
जता जंगल उतै डोजर, दुर्लभ र बहुमूल्य जडीबुटी विनाश

काठमाडौँ । डडेलधुरा गोगनका हरि नाथ ०५९ सालमा आफनो गाउँ जोडने सडक निर्माण सुरु हुँदा १७ वर्षका थिए । गोगन हुँदै अमरगढी नगरपालिकाको चिर्किट्टे पुग्ने उक्त सडकको उपभोक्ता समितिमा..

सूचना प्रविधि विधेयकमा सजाय घटाउन सकिन्छः बाँस्कोटा
सूचना प्रविधि विधेयकमा सजाय घटाउन सकिन्छः बाँस्कोटा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकमा रहेका दण्डरसजायका प्रावधानमा सुधार गर्न सकिने बताएका छन् ।  विद्युतीय माध्यमबा..

कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई
कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैल..

सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई भ्याइ न भ्याइ
सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई भ्याइ न भ्याइ

काठमाडौँ । सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकार उत्तिमलाल पण्डितलाई भ्याइ न भ्याइ छ। गिलो माटोलाई कलात्मक र आकर्षक रुप दिन व्यस्त पण्डित यसै कमाईले बर्सेनि लाखौं आम्दानी गर्द..