बिहेमा चाहे अनुसारको गीत नबजाउँदा खुकुरी प्रहार, ३ जना घाइते


नेपाल पाना प्रकाशित: २०७५-१०-२८ गते
बिहेमा चाहे अनुसारको गीत नबजाउँदा खुकुरी प्रहार, ३ जना घाइते

ताप्लेजुङ । बिहेमा आफुले चाहे अनुसारको गित नबजाएको विषयमा विवाद हुँदा ३ जना घाईते भएका छन् ।

जिल्लाको आठराई त्रिवेणी गाउँपालिका २ सिमलबोटेमा आईतवार राती आफुले भने जस्तो गित नबजाएको निहुँमा खुकुरी प्रहार हुँदा पाहुना आएका ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गित नबजाएको बिषयमा युवाहरुविच विवाद भएको थियो । विवादका क्रममा सोही स्थानका ४/५ जनाको समुहले आवेशमा आई खुकुरी प्रहार गर्दा पाहुना गएका फुङलिङ नगरपालिका-८ दोखुका ३८ वर्षिय कर्ण बहादुर सुनुवार, ३० वर्षका पेम्बा शेर्पा र ३२ वर्षका पासाङ शेर्पा घाइते भएका हुन् ।

धारिलो हतियार प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागी घाईते भएका तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार हतियार प्रहार गर्ने समूह फरार रहेको र उनीहरुको खोजीकार्य भईरहेको छ ।


३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 
३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 

काठमाडौं । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ । मन्त्रा..

बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह
बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सम्भावित महामारी नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण..

पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै
पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदनको काम अघि बढाउने भएको छ ।  यस रेलमार्गमा पर्ने बर्द..

अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री
अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री

काठमाडौं । बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा रौतहट पुगेका छन्।  गृहमन्त्री थाप..