सरस्वती माताको प्रसादले ४० विद्यार्थीलाई पुर्यायो अस्पताल, २ जनाको अवस्था गम्भीर


प्रकाशित: २०७५-१०-२८ गते
सरस्वती माताको प्रसादले ४० विद्यार्थीलाई पुर्यायो अस्पताल, २ जनाको अवस्था गम्भीर

झारखण्ड । सरस्वतीको पूजा गरेर प्रसाद खाएका ४० विद्यार्थी अस्पताल भर्ना भएका छन् । भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना विद्यार्थी बिरामी परेर अस्पताल भर्ना भएका हुन् ।

पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ । झारखण्ड राज्यमा अवस्थित सदार अस्पतालका एक चिकित्सक एस सा खालिदले बिरामी भएर ४० जना विद्यार्थी अस्पतालमा उपचारको लागि आएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

ती विद्यार्थीहरुलाई बिषाक्त खानेकुरा परेको र उनीलाई पेट दुख्ने र बान्ता हुने समस्या देखा परेको खालिदले बताएका छन् । हाल उनीहरुको उपचार भइरहेको खालिदले थप जानकारी दिएका छन् । यस घटानको अनुसन्धान भइरेहको जिल्ला शिक्षा अधिकारीले बताएका छन् । यस घटनाका दोषीलाई कारबाही गरिने पनि उनले जानकारी दिएका छन् ।


हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 
हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 

काठमाडौं । मुम्बई हमलाका योजनाकार हाफिज सईदलाई पाकिस्तानले गिरफ्तार गरेपनि भारतले आतंकवादी संगठन जमात उल दावाका ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी गरेको छ ।&nbsp..

भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु
भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु

भारत । भारतकै सबै भन्दा पुरानो केशरभाई भवन भत्किँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको डोनग्री क्षेत्रमा अविरल वर्षासँगै केशरभाई भवन भत्किएको थियो । वर्षाका भवनको संरचना कमज..

२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो
२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो

भारत । मुम्बईस्थित घाटकोपरक्षेत्रमा २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । प्रहरीले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । अनुसन्धान..

भवन भत्किँदा ४० जना मानिस पुरिए
भवन भत्किँदा ४० जना मानिस पुरिए

भारत । मुम्बईमा रहेको एउटा चारतले भवन भत्किँदा दर्जनौं मानिस पुरिएका छन् । मुसलधारे वर्षापछि मुम्बईको डोंगरी क्षेत्रमा रहेको चारतले भवन भत्किएको हो ।  भवनमा रहेका ३०(४..