यसकारण नेविसंघ अध्यक्ष महरले दिए राजीनामा, अब कसले सम्हाल्ला कमाण्ड ?


नेपाल पाना प्रकाशित: २०७५-१०-२८ गते
यसकारण नेविसंघ अध्यक्ष महरले दिए राजीनामा, अब कसले सम्हाल्ला कमाण्ड ?

काठमाडौं - नेविसंघ अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्। पार्टी सभापतिलाई सम्बोधन गरेर उनले राजीनामा पत्रमा बुझाएको हुन् । बुझएको राजीनामा  पत्रमा उनले आफ्नो कार्यकाल पूर्ण रुपमा सफल उल्लेख गरेका छन्।

लामो समयदेखि देखिएको नेविसंघभित्रको विवाद र नेविसंघको विषयमा अन्योल बढिरहेका बेला उनले राजीनामा दिएपछि अब कसले कमाण्ड सम्हाल्ला भन्ने विषयको बहस सुरु भएको छ। 

विधानतः थपिएको तीन महिनामा आफूहरुले संगठनको विधानलगायत विषयमा पार्टीमा पेस गरे पनि आन्तरिक किचलोका कारण पार्टी नै समस्यामा रहेकाले राजीनामा दिएको उनले स्पष्ट पारेका छन्। विधान नै नभएकाले महाधिवेशनको कार्यतालिका आफूहरुले बनाउन नसकेको पनि उनले उल्लेख गरेका छन्। 

राजीनामा पत्रमा उनले सबै अग्रज नेतालाई सम्बोधन गरी आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। तर आफ्नो राजीनामा गराउन पार्टी केन्द्रीय समिति नै लागिपरेको उनले आरोप पनि लगाएका छन्।


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..