चलचित्र ‘यात्रा’को  ‘पाँच पन्छी’ बजारमा (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-१०-२८ गते
चलचित्र ‘यात्रा’को  ‘पाँच पन्छी’ बजारमा (भिडियोसहित)

विराटनगर । नायकद्वय सलिनमान बानियाँ र सलोन बस्नेतको मुख्य अभिनय रहेको चलचित्र ‘यात्रा’को गीतसार्वजनिक भएको छ । आउँदो चैत्र २९ बाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको ‘पाँच पन्छी’बोलको गीत सोमबार सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा गायिका मेलिना राई तथा गायक धर्मेन्द्र सेवानको स्वर रहेको छ । प्रतिक पौडेलको शब्द तथा संगीतमा बनेको उक्त गीतमा मेलिना र धर्मेन्द्रको साथमा प्रेक्ष्या बज्राचार्य र उपकार पाण्डेको पनि स्वर छ । प्रविन सिंहका कोरियोग्राफीमा बनेको उक्त गीतको भिडियोमा पाँच जना कलाकारलाई यात्रा गर्दै गरेको देखाइएको छ ।

यस फिल्ममा ‘ए मेरो हजुर २’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका सलिनमानलाई नायकको रुपमा र अर्का नायक सलोनलाई खलनायकको रुपमा देखाइएको छ । केशव भट्टराई र सुशील पोखरेलले संयुक्त निर्माणमा निर्माण गरेको यस फिल्म सम्राट शाक्यको निर्देशनमा बनेको हो ।

सम्राटले यसै चलचित्रमार्फत् निर्देशनमा डेब्यू गरेका हुन् । यस फिल्ममा सलिनसँगै जान्भी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, मल्लिका महत एवं विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीकोलगायतको अभिनय रहेको छ ।


‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’
‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।  नेपाल प्रज..

संसारका नामुद सेक्स स्टेशन यी हुन्:
संसारका नामुद सेक्स स्टेशन यी हुन्:

एजेन्सी । क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ। त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन्..

नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने
नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने

काठमाडौं । नेपाली चलचित्रमा एक चर्चित भारतीय निर्देशकले निर्देशन गर्ने सम्भावना रहेको छ । चलचित्र विकास बोर्डमा “एन्टी हिरो”को टाइटलमा नयाँ फिल्म दर्ता गरिएको छ ।..

नेपाल लोकस्टारमा उदाउँदै मधेशका रविराज
नेपाल लोकस्टारमा उदाउँदै मधेशका रविराज

काठमाडौं । नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराज साहले भोटिङतर्फ अग्रता कायमै राखेका..