फेरि एकाएक मौसम बदली, वर्षा र हिमपातको उच्च सम्भावना, मौसम विभागले निकाल्यो तीन दिनको यस्तो तालिका 


नेपाल पाना प्रकाशित: २०७५-१०-२८ गते
फेरि एकाएक मौसम बदली, वर्षा र हिमपातको उच्च सम्भावना, मौसम विभागले निकाल्यो तीन दिनको यस्तो तालिका 

काठमाडौँ । आइतबार खुलेको मौसममा सोमबार पुन बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातार तीन दिनदेखि भएको वर्षा र हिमपात रोकिएकोे भोलीपल्टै मौसममा फेरि एकाएक बदली भएको हो। महाशाखाका अनुसार सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा मौसम बदली हुनेछ।

पश्चिमको पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन्। उनका अनुुसार काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। देशको मध्य र पूर्वी क्षेत्रमा भने आज वर्षाको सम्भावना छैन तर मौसम बदली भने धेरैजसो ठाउँमा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै महाशाखाले आगमी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ। महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलि रहने र बाँकी भुभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी भेगका १–२ स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति देशको पश्चिमी र मध्य भु–भागमा आंशिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।यस्तै मंगलबार दिउँसो देशको पश्चिमी भु–भाग साथै पुर्व र मध्यका पहाडी भु–भागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार राति देशको पश्चिमी भु–भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।यस्तै बुधबार दिउँसो देशको पश्चिमी भु–भाग साथै पुर्व र मध्यका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ। राति देशभरी आंशिक देखि सामान्य बदली रहनेछ।


मन्त्री भट्टराई भन्छन्: अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ
मन्त्री भट्टराई भन्छन्: अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एज..

शिक्षक सेवा आयोगको जरुरी सूचना
शिक्षक सेवा आयोगको जरुरी सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रमा कुनै विवरण फरक परेमा सच्याउन सकिने जनाएको छ । आयोगले एक सूचना निकाल्दै उम्मेदवारहरुको प्रवेश पत्रमा विज्ञापन नम्बर, तह,..

काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक
काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक

काठमाडौं । शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइए..

प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने
प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेश नम्बर दुईको अध्यक्ष प्रभु साहले पदबाट दिएका राजीनामा स्वीकृत नहुने भएको छ ।..