नेविसंघ अध्यक्ष महरले राजीनामा दिँदै पार्टी सभपति देउवामाथि लगाए यस्तो गम्भीर आरोप


नेपाल पाना प्रकाशित: २०७५-१०-२८ गते
नेविसंघ अध्यक्ष महरले राजीनामा दिँदै पार्टी सभपति देउवामाथि लगाए यस्तो गम्भीर आरोप

काठमाडाैँ । नेपाली काँग्रेसको भातृ संगठन नेविसंघमा लामो समयदेखि अधिवेशन नहुँदा नयाँ नेतृत्व कसरी छन्ने मुुद्दा पेचिलो बन्द्रै गएको छ। सोही क्रममा नयाँ नेतृत्व छान्ने बाटो खुला गर्दै नेविसंघ अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्।

अध्यक्ष महरले पार्टी सभापति शेरबहादुर देउवा लगायत नेतृत्व पंक्तिका नेताहरुद्धारा राजीनामाका लागि चर्को दबाबमा दिएको खुलासा गरेका छन् ।

उनले देउवासमक्ष सोमबार नै आफ्नो राजीनामा पेस गरे हुन्। नेविसंघको विषयलाई लिएर लामो समयदेखि पार्टीभित्र मत विभाजित छ। यता कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले भने महरको राजीनामा स्वीकृत गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अध्यक्ष महरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए।

‘अध्यक्ष महरले दुई वर्ष पाँच महिना नेविसंघलाई कुशलतापूर्वक चलाउनुभयो’, डा. महतले भने, ‘तर, महाधिवेशन गर्न सक्नुभएन त्यसकारण धन्यवादसहित उहाँको राजीनामा स्वीकार गरियो।’ अध्यक्ष महरको राजीनामासँगै महाधिवेशनसम्मका लागि नेविसंघको तदर्थ समिति गठनका लागि बाटो खुलेको छ। दुई वर्ष कार्यकाल सकिएर दुई पटक गरी थपिएको पाँच महिनाको समयमा पनि महाधिवेशन गर्न नसकेको भन्दै अध्यक्ष महरको आलोचना भएपछि उनले पार्टी सभापति शेरबहादुर देउवासमक्ष सोमबार नै राजीनामा पेस गरेका थिए। नेविसंघको विषयलाई लिएर लामो समयदेखि पार्टीभित्र मत विभाजित छ। 


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..