नेपालका कर्मचारीद्वारा भारतमा तालिमलाई निरन्तरता दिइँदै


नेपाल पाना प्रकाशित: २०७५-१०-२८ गते
नेपालका कर्मचारीद्वारा भारतमा तालिमलाई निरन्तरता दिइँदै

काठमाडाैँ । नेपाल सरकारकाे अर्थ मन्त्रालयले भातरमा अाफ्नाे तालिमलार्इ निरन्तरता दिएकाे छ। अर्थ मन्त्रालयका २० कर्मचारीको दोश्रो टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ मा सञ्चालन हुने तालिमलार्इ निरन्तरता दिएकाे हाे।

उक्त तालिममा ग्लाेबल प्राेस्पेक्टिभस् अन पब्लिक फाइनन्सियल म्यानेजमेन्ट विषयमा प्रशिक्षण दिइने अायाेजकले जनाएकाे छ। तालिम साेमबारदेखि सुरू भएकाे हाे। उक्त तालिम भारत सरकार विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’अन्तर्गत सञ्चालन भइरहेको छ ।

कूल ६२ कर्मचारीहरुलाई प्रदान गरिने उक्त विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोध तथा आवश्यकता अनुरुप तयार पारिएको हो । यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्नेछ ।

 प्रथम ब्याचका २० नेपाली कर्मचारीहरुले २०७५ माघ १० गते १० दिन लामो तालिम सफलतापूर्वक सम्पन्न गरेका थिए । 
भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो ।

अर्थ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्था Institution of Internal Auditors (IAA) Florida, Atlanta School of Public Policy, Duke University, Management Development Institute (MDI) Guragaon, Indian Institute of Management, Bengaluru आदि जस्ता प्रमुख संस्थाहरु सँग आबद्ध छ । INGAF संसार भरका विकासशील मित्र राष्ट्रका कर्मचारीहरुललाई ITEC कार्यक्रम अन्तर्गत व्यवसायिक तालिम प्रदान गर्ने एक साझेदार संस्था हो 


मन्त्री भट्टराई भन्छन्: अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ
मन्त्री भट्टराई भन्छन्: अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एज..

शिक्षक सेवा आयोगको जरुरी सूचना
शिक्षक सेवा आयोगको जरुरी सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रमा कुनै विवरण फरक परेमा सच्याउन सकिने जनाएको छ । आयोगले एक सूचना निकाल्दै उम्मेदवारहरुको प्रवेश पत्रमा विज्ञापन नम्बर, तह,..

काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक
काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक

काठमाडौं । शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइए..

प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने
प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेश नम्बर दुईको अध्यक्ष प्रभु साहले पदबाट दिएका राजीनामा स्वीकृत नहुने भएको छ ।..