अन्तत: राष्ट्रपतिले पनि खाेलिन् कम्युनिष्ट सरकारको यस्तो पोल, ओली परे चकित!


नेपाल पाना प्रकाशित: २०७५-१०-२८ गते
अन्तत: राष्ट्रपतिले पनि खाेलिन् कम्युनिष्ट सरकारको यस्तो पोल, ओली परे चकित!

काठमाडाैँ । मुलुककै सर्वोपरी राष्टपति पदमा आसिन विद्यादेवी भण्डारीले पछिल्लो समय सरकारको सबैतिर बाटो आलोचना भइरहेको बताउँदै देशमा भ्रष्टाचार संस्थागत हुन थालेको सुनिएको जिकिर पनि गरिन्।

सोमबार काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकमा भ्रष्टाचार बढेको ट्रान्सप्रेन्सी इन्टरनेशनलको प्रतिवेदनमा उल्लेख भएको जिकिर गरिन्।उनले भनिन्,‘भ्रष्टाचार बढेको विभिन्न संचारमाध्य पढीयो तर भ्रष्टाचार संस्थागत हुन थालेको भन्ने समेत सुनिन थालेपछि यो सबैको लागि चिन्ताको विषय रहेको छ।’

राष्ट्रपति भण्डारीले भ्रष्टाचारलाई विषबृक्षको संज्ञा दिएकी छन् । ‘विषबृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी हुनुका साथै जति यो बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुँदै जान्छ र समाजका हरेक क्षेत्रलाई क्षतविक्षत् र तहसनहस बनाउँदै जान्छ , ‘ उनले भनिन् ।

भ्रष्टाचारले सम्बन्धित व्यक्तिलाई मात्रै नभइ उसको परिवारलाई समेत नकरात्मक असर पार्ने उनको भनाइ छ । देशको भविष्यलाई समेत ध्यान दिदै भ्रष्टाचारलाई छिटोभन्दा छिटो निर्मूल पार्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।  राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएकाहरुबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीपूर्ण विषय रहेको उल्लेख गरिन् ।


३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 
३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 

काठमाडौं । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ । मन्त्रा..

बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह
बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सम्भावित महामारी नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण..

पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै
पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदनको काम अघि बढाउने भएको छ ।  यस रेलमार्गमा पर्ने बर्द..

अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री
अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री

काठमाडौं । बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा रौतहट पुगेका छन्।  गृहमन्त्री थाप..