अमरेशकुमार सिंहले राज्य व्यवस्था तथा सुशासन समितिको खोले यस्तो पोल, सभापतिलार्इ भयाे तनाव!


नेपाल पाना प्रकाशित: २०७५-१०-२८ गते
अमरेशकुमार सिंहले राज्य व्यवस्था तथा सुशासन समितिको खोले यस्तो पोल, सभापतिलार्इ भयाे तनाव!

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसदको राज्य व्यवस्था तथा सुशासन समिति संददीय मर्यादा विपरीत चलेको आरोप लगाएका छन्। उनले सुशासन समिति सरकारको भातृसंगठन जस्तो बन्न पुगेको जिकिर गरे। सांसद सिंह आफैँ पनि उक्त समितिका सदस्य छन्।

उनले भने, 'म यस समितिमा सदस्य भएपनि जनताको विपक्ष हुने जुनसुकैको गतिविधिको विरोध गर्छु' आइतबार समितिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न भन्दै बैठक बोलाएको थियो । उक्त बैठकमा भाग लिँदै सांसद सिंहले जनताको जनसरोकारको विषयमा छलफल नभएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

जनसरोकारका विषयमा छलफल नहुने र अहिलेकै अवस्थामा समिति अगाडि बढिरहने अवस्था आए समितिमा नबस्ने उनको चेतावनी छ । उनले भने, ‘म मिडियाको अगाडि नै भन्छु यस्तै हो भने म समिति चेञ्ज गरेर जान्छु ।’ उनले समितिमा आएका विधेयकमाथिको छलफल लम्ब्याउने काम भइरहेको गुनासो गरे । स्राेतका अनुसार सांसद सिंहले बैैठकमा पाेखेकाे अाक्राेश संचारमाध्यममा बाहिरिएपछि सभापति शशी श्रेष्ठ तनावित भएकी छन्।


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..