साँच्चै पाउलान् त बेरोजगारले असारभित्र निर्वाह भत्ता ?


नेपालपाना प्रकाशित: २०७५-१०-२९ गते
साँच्चै पाउलान् त बेरोजगारले असारभित्र निर्वाह भत्ता ?

काठमाडौं । सरकारले सबै नागरिकलाई रोजगारीको सुनिश्चित गर्दै बेरोजगार बस्नु परे निर्वाह भत्तासहितको सामाजिक सुरक्षाको व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गर्दै सूचीकृत भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा कम्तिमा १०० दिनको न्यूनतम रोजगारीको सुनिश्चितता गर्दै बेरोजगार भए निर्वाह भत्ताको व्यवस्था गरेको हो । 

निर्देशिका अनुसार तोकिएको क्षेत्रमा रोजगारी नपाउने परिवारका कुनै पनि सदस्यले न्यूनतम रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशतका दरले हुन आउने रकम निर्वाह भत्ताको रुपमा प्रदान गरी सामाजिक सुरक्षाको व्यवस्था गर्ने भएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सबैलाई न्यूनतम रोजगारीको सुनिश्चित गरेको बताएको छ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।


रोग निको हुने भन्दै धर्म परिवर्तन
रोग निको हुने भन्दै धर्म परिवर्तन

काठमाडौँ । पाँच वर्षअगाडि मानसिक रुपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गौरीगाउँ तितिमकी २० वर्षीय विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न था..

जग्गालाई १० प्रकारमा वर्गीकरण गर्न विधेयक
जग्गालाई १० प्रकारमा वर्गीकरण गर्न विधेयक

काठमाडौं । सरकारले मुलुकभरको जमिन १० प्रकारमा वर्गीकरण गरी कृषि, औद्योगिक तथा व्यावसायिक क्षेत्र, ठूला विकास परियोजनाको विकास र प्रवद्र्धनको उद्देश्यले भू-उपयोग विधेयक संघीय स..

बालगृहका नाममा ठगी धन्दा
बालगृहका नाममा ठगी धन्दा

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका ९ का जयबहादुर विकले छिमेकी माझ अनौठो प्रस्ताव राखे । प्रस्ताव थियो–अभिभावकले सुरुवाती चरणमा केही रकम उपलब्ध गराए छोराछोरीलाई काठम..

मुलुकभर चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने
मुलुकभर चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने

काठमाडौं । संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने भएको छ ।  असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल..