नेपालका कर्मचारीलाई अब्बल बनाउन भारतले यस्तो तालिम दिँदै


प्रकाशित: २०७५-१०-२९ गते
नेपालका कर्मचारीलाई अब्बल बनाउन भारतले यस्तो तालिम दिँदै

काठमाडौँ । भारत सरकारले नेपालको कर्मचारीतन्त्रलाई अब्बल बनाउन उपलब्ध गराउँदै आएको तालिम सहायता लम्ब्याउने भएको छ । 

हाल अर्थ मन्त्रालयका २० जना कर्मचारीहरूले भारतमा 'ग्लोबल पर्सपेक्टिभ फाइनानसियल म्यानेजमेन्ट' विषयक तालिम लिइरहेका छन् ।  ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स (आइएनजीएफ) ’ मा भारतले दोस्रोपटक नेपाली कर्मचारीलाई तालिम दिइरहेको हो।

‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गतको यो तालिम हिजो सोमबारदेखि शुरू भएको छ । यो कार्यक्रम भारतीय विदेश मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको छ ।

नेपालको अर्थ मन्त्रालयले अनुरोध गरेपछि भारत सरकारले ६२ जना कर्मचारीलाई यस्तो तालिम दिँदैछ । आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधि, विधुतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षणजस्ता तालिम नेपाली कर्मचारीले प्राप्त गर्दैछन् । 

विश्वव्यापी आर्थिक प्रणाली सञ्चालनको अभ्यासमार्फत दक्ष बनाउन भारतले यसअघि नै पहिलो ब्याजका २० जना नेपाली कर्मचारीलाई तालिम दिइसकेको छ ।आइएनजीएफमार्फत भारत सरकारले नेपालसहित छिमेकी देशका कर्मचारीलाइ तालिम दिँदै आएको छ । 

अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्रका रूपमा रहेको आइएनजीएफ संसारभरका विकासशील मित्र राष्ट्रका कर्मचारीललाई आईटेक कार्यक्रम अन्तर्गत व्यवसायिक तालिम प्रदान गर्ने एक साझेदार संस्था हो ।


चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन
चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । गत आइतबार चिकित्सक डा. आनन्द झाको लापरबाहीका कारण जनकपुरधामस..

‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’
‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ । डा. दिक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले ब..

आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने
आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने

काठमाडौं । मंगलबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् । मंगलबार दिन..

‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’
‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’

काठमाडौँ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब द्रुतगतिमा आर्थिक..