टेस्टट्युबबाट यसरी जन्माईए जुम्ल्याहा बच्चा


नेपालपाना प्रकाशित: २०७५-१०-२९ गते
टेस्टट्युबबाट यसरी जन्माईए जुम्ल्याहा बच्चा

काठमाडौँ । काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माइएकी छिन् , त्यो पनि महिनावारी सुकेको चार वर्षपछि । 

ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन्। दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

महिनावारी सुकेको ४ वर्षपछि आमा बन्न सक्छु कि सक्दिनँ भनेर एक वर्षअघि आईभी एफ तथा प्रसूति विशेषज्ञ डा. नूतन शर्माको क्लिनिकमा पुगेकी ती महिलालाई उनको टोलीले बेस्ट ट्रिटमेन्ट गरेर २ सन्तानकी आमा बनाई अपार खुसी दिएर पठाएको छ । 

महिनावारी बन्द भएपछि बच्चा जन्माउनु निकै ठूलो चुनौती र आश्चर्यको कुरा हो । तर अल्का अस्पतालमा सञ्चालित आईभीएफ टेस्टट्युब बेबी विभागका प्रमुख तथा स्त्रीरोग विशेषज्ञ डा. शर्माको टोली त्यसमा सफल भएको छ ।

ती महिलालाई औषधिको माध्यमबाट पुनः महिनावारी गराई पाठेघर सक्रिय पारेर ८ महिनाअघि टेस्टट्युब बेबी राख्ने प्रक्रिया अपनाइएको थियो ।

ती महिलाको नाम नाम तत्काल गोप्य राखिएको छ । नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ ।


मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 
मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ ।  लगानी ब..

वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने
वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने

काठमाडौं । दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र क..

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा पुरानै एजेन्डा
नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा पुरानै एजेन्डा

काठमाडौं । परराष्ट्रमन्त्री स्तरमा बुधबार सुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा प्रबुद्ध व्यक्ति समूह९इपिजी०ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्..

निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर उत्पादन गर्ने
निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर उत्पादन गर्ने

काठमाडौं । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ । निगमले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत तीन स्थानमा ग्यासको भण्डा..