सिसडोलमा फालिएको फोहोर फेरि काठमाडाैंमै ?


नेपालपाना प्रकाशित: २०७५-१०-२९ गते
सिसडोलमा फालिएको फोहोर फेरि काठमाडाैंमै ?

काठमाडौं ।  नुवाकोटको सिसडोल ल्यान्डफिल्ड साइटमा फालिने फोहोर काठमाडौंमै फर्किने गरेको छ। प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यले दैनिक करिब ५ ट्रक फोहोर पुनः उपत्यकामा भित्रिने गरेको छ ।

नसड्ने, नकुहिने प्रकृतिका ठोस फोहोर छनोट गरी विभिन्न समूहले काठमाडौं भित्र्याउने गरेका छन्। पत्रपत्रिका, कार्टुन, कपडा, प्लास्टिक र प्लास्टिकजन्य सामग्री, फलामका टुक्रा, विद्युतीय सामग्री र त्यस्ता उपकरणमा प्रयोग हुने कभरलगायतका ठोस फोहोर दैनिकजसो एजेन्टमार्फत काठमाडौं भित्रिने गरेको सिसडोल साइडका इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिए ।

स्रोतमै कुहिने र नकुहिने फोहोर राम्रोसँग नछुट्याइँदा पुनः प्रयोगमा ल्याउन मिल्ने फोहोर नुवाकोट पुगेर फेरि काठमाडौं भित्रिने गरेको उनले बताए ।
‘६० प्रतिशत मात्रै कुहिने फोहोर सिसडोल पुग्छ, स्रोतमै ठोस फोहोर व्यवस्थित गर्न नसक्दा सिसडोल ल्यान्डफिल्ड साइड अस्तव्यस्त भएको छ,’ श्रेष्ठले भने । नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ ।


मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 
मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ ।  लगानी ब..

वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने
वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने

काठमाडौं । दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र क..

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा पुरानै एजेन्डा
नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा पुरानै एजेन्डा

काठमाडौं । परराष्ट्रमन्त्री स्तरमा बुधबार सुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा प्रबुद्ध व्यक्ति समूह९इपिजी०ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्..

निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर उत्पादन गर्ने
निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर उत्पादन गर्ने

काठमाडौं । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ । निगमले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत तीन स्थानमा ग्यासको भण्डा..