जेलबाट छुट्न सिक्टा सिंचाइका भ्रष्टाचारी कार्कीले बुझाए १ करोड १० लाख


नेपालपाना प्रकाशित: २०७५-१०-२९ गते
जेलबाट छुट्न सिक्टा सिंचाइका भ्रष्टाचारी कार्कीले बुझाए १ करोड १० लाख

काठमाडौँ । सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार आरोपमा मुछिएका तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्कीसँग विशेष अदालतले एक करोड १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माणसँग जोडिएका २१ जनाविरुद्ध दुई महिनाअघि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सिक्टाको मूल नहर निर्माणमा ठेकेदार कम्पनी सिटिसिई कालिका र आयोजना निर्माणमा जुटेका कर्मचारीले आठ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तिायारको अभियोगपत्रमा उल्लेख छ । 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले मागेको धरौटीबापत एक करोड १० लाख रुपैयाँबराबरको बैंक ग्यारेन्टी बुझाएर कार्की थुनामुक्त भएका छन् । नागरिक दैनिकमा यो खबर छापिएको छ ।


मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 
मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ ।  लगानी ब..

वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने
वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने

काठमाडौं । दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र क..

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा पुरानै एजेन्डा
नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा पुरानै एजेन्डा

काठमाडौं । परराष्ट्रमन्त्री स्तरमा बुधबार सुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा प्रबुद्ध व्यक्ति समूह९इपिजी०ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्..

निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर उत्पादन गर्ने
निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर उत्पादन गर्ने

काठमाडौं । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ । निगमले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत तीन स्थानमा ग्यासको भण्डा..