स्थानीयहरु आन्दोलित, कार्यालयमा तालाबन्दी, कैलाली भयो तनावग्रस्त


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
स्थानीयहरु आन्दोलित, कार्यालयमा तालाबन्दी, कैलाली भयो तनावग्रस्त

कैलाली । घोडाघोडी विद्युत सहकारीले रकम संकलन गरेको ६ बर्षसम्म पनि विद्युत विस्तार नगरेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । घोडाघोडी नगरपालिका वडा नम्बर ५ र ७ का स्थानीयले सहकारीको कार्यालयमा ताला लगाएर आन्दोलन थालेका हुन् ।

उनीहरुले विद्युतको माग गर्दै जन प्रतिनिधि, वडा कार्यालय धाएका थिए । विद्युतिकरणको काम नभएपछि सहकारीको कार्यालयमा तालाबन्दी गर्दै आन्दोलन गरेका छन् ।

उनीहरुले आफुहरुलाई विद्युतीकरण नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । घोडाघोडी देउकलीयाका काशिराम बोहराले जनताले पटक(पटक सहकारीलाई आग्रह गर्दा पनि विद्युत विस्तारको काम नभएको भन्दै आक्रोस व्यक्त गरे ।

सहकारीले जनताहरुबाट प्रति परिवार १ हजार ५ सय र २ हजार ५ सयका दरले रकम संकलन गरेर विद्युत नदिएको भन्दै स्थानीय वासिन्दा विरोधमा उत्र्रिएपछि प्रदेश सरकारले चासो देखाएको हो ।

घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाँउपालिकाका जनताले विद्युतीकरणका लागि घोडाघोडी विद्युत सहकारीलाई रकम बुझाएको बारेमा पनि तीन ओटै स्थानीय तहका जनताले सहकारीलाई बुझाएको रकमको तथ्याँक संकलन गर्ने योजनामा प्रदेश सरकार लागेको छ ।

स्थानीय सरकारसंगको सहकार्य गरेर अध्ययन गर्ने सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बताइन् । उनले प्रदेश सरकारलाई विद्युत सहकारीले ठगेको गुनासो पनि आएकाले घोडाघोडी विद्युत सहकारीसहितको अध्यानका लागि समिति गठन हुने बताइन् ।

जनताहरुबाट संकलन भएको रकमको हिनामिना गर्ने विद्युत सहकारीलाई प्रदेशको सहकारी नीति अनुसार कारबाही गर्ने, प्रदेश सरकारलाई विद्युत सहकारीले ठगेका गुनासोहरु आएक छन् ।

उनले भनिन्, ‘अध्यानका लागि समिति गठन हुन्छ । जनताबाट रकम संकलन गर्दा सम्झौता के थियो रु विद्युत सहकारीले कति समयमा विद्युत सेवा विस्तार गर्नु पर्ने हो रु रकम तिर्ने जनताको संख्या कति हो रु त्यो बारेमा समितिले अध्ययान गर्ने छ’ समितिले विद्युत सहकारीको कामलाई अध्ययान गरेपछि प्रदेशको सहकारी ऐन अनुसार कारबाही हुने उनको दावी छ ।

उपभोक्ताबाट रकम संकलन गरेको ६ बर्षसम्म विद्युत विस्तार गर्न नसकेको घोडाघोडी विद्युत सहकारीलाई कारबाहीको प्रक्रिया सुरु हुने भएको छ । भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले समिति गठन गरेर घोडाघोडी सहकारीको अनुगमन गर्ने भएको छ ।

सुखडमा रहेको घोडाघोडी सहकारी संस्थाले घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाँउपालिकाका उपभोक्ताबाट रकम संकलन गरेको ६ वर्ष भएको छ ।


चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन
चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । गत आइतबार चिकित्सक डा. आनन्द झाको लापरबाहीका कारण जनकपुरधामस..

‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’
‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ । डा. दिक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले ब..

आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने
आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने

काठमाडौं । मंगलबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् । मंगलबार दिन..

‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’
‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’

काठमाडौँ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब द्रुतगतिमा आर्थिक..