‘प्रहरीले काम गर्न नसक्दा राजनीतिक दबाव र प्रभावलाई बहाना बनाउनु हुन्न’


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
‘प्रहरीले काम गर्न नसक्दा राजनीतिक दबाव र प्रभावलाई बहाना बनाउनु हुन्न’

काठमाडौं । कमजोर कार्यसम्पादनबाट जोगिन प्रहरीले राजनीतिक दबावको बहाना बनाउन नहुने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । उनले राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरिएको भन्दै त्यसो नगर्न पनि आग्रह गरेका छन् ।

नेपाल प्रहरीको तालिम केन्द्रमा मंगलबार बिहान आयोजित प्रहरी इन्स्पेक्टरहरुको दीक्षान्त समारोहमा बोल्दै उनले नीतिगत तहमा राजनीतिक प्रभाव भए पनि अन्यमा नरहेको जिकिर गरे ।

‘प्रहरीले काम गर्न नसक्दा राजनीतिक दबाव र प्रभावलाई बहाना बनाउनु हुन्न’, गृहमन्त्री थापाले भने, ‘नीतिगत तहमा स्वभाविक रूपमा राजनीतिक दबाव छ । तर, अन्यमा प्रहरी नै जिम्मेवार छन् ।’

प्रतिपक्ष दलहरुले प्रहरीका पछिल्ला केही अनुसन्धानप्रति प्रश्न उठाइरहेका बेला गृहमन्त्री थापाले प्रतिपक्षको नाम नलिई त्यसलाई राजनीतिक अभिष्ट पूरा गर्न चालिएको अतिरञ्जित कदमको संज्ञा दिए । अपराधलाई अतिरञ्जित गरिए पनि त्यसमा प्रहरी सचेत हुनुपर्ने गृहमन्त्री थापाको भनाइ छ ।

‘राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरेर प्रस्तुत गर्ने गरिएको छ’, गृहमन्त्री थापाले भने, ‘यस्तोमा निर्दोष फस्न सक्ने भएकाले सचेत हुन जरुरी छ ।’


चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन
चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । गत आइतबार चिकित्सक डा. आनन्द झाको लापरबाहीका कारण जनकपुरधामस..

‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’
‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ । डा. दिक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले ब..

आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने
आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने

काठमाडौं । मंगलबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् । मंगलबार दिन..

‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’
‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’

काठमाडौँ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब द्रुतगतिमा आर्थिक..