युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका वडाध्यक्ष थुनामा


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका वडाध्यक्ष थुनामा

काठमाडौं । बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका-४ का वडाध्यक्ष झकबहादुर कुमाल थुनामा परेका छन् । गत वैशाख २५ गते युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।

उनले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो । उनले नवलपुरको बुङ्दीकाली गाउँपालिका-२ जङ्गलमा जबर्जस्ती करणी गरेको ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।

अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको छ । नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको हो । त्यस्तै एक महीनाको अवधीमा तनहुँको भानु नगरपालिकामा २ चितुवा मृत फेला परेका छन् । भानु नगरपालिका-५ चुँदीरम्घा र भानु नगरपालिका-२ शेखाटारमा चितुवा मृत फेला परेका हुन् ।

भानु नगरपालिका-५ चुँदीरम्घास्थित भानुभक्त शिखेरी कटेरी नजिक सोमबार भाले चितुवा मृत भेटिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

चितुवाको घाँटीमा नङ्ग्राले चिथोरेको भेटिएको छ । मृत चितुवाको छाला निकालेर टिकौली सशस्त्र वनरक्षक तालिम केन्द्रमा पठाइने छ । यसअघि पुस २९ गते भानु नगरपालिका-२ मा भाले चितुवा मृत फेला परेको थियो ।


 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ
 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

दाङ । स्रोत नखुलेको लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ परेका छन् ।  ईलाका प्रहरी कार्यालय अमेलियाले स्रोत नखुलेको भारतीय रकमसहित दुई जना महिला र तीन जना पुरुष गर..

फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन
फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन

ललितपुर । गोदावरी नगरपालिकाको वडा नं.१३, झरुवाराशीमा रहेको गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।  चिजबल कारखानामा मंगलबार साढे ११ बजेबाट भीषण आगलागी..

चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो
चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो

उदयपुर । त्रियुगा नगरपालिका-१५ खाँबुमा चट्याङ्ग लागेर एक बालिकाको ज्यान गएको छ । त्रियुगा नगरपालिका-१५ खाँबुका १३ बर्षीय निर्मला मगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहर..

प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 
प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 

रौतहट । प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार रहेका एक जना अभियुक्त सोमबार साँझ पक्राउ परेको छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले झाँझ पुलबाट गरुडा नगरपालिक..