३ बर्षीया बालिका अपहरणको अभियोगमा चौधरी पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
३ बर्षीया बालिका अपहरणको अभियोगमा चौधरी पक्राउ

दाङ । प्रहरीले बालिका अपहरणको अभियोगमा घोराहीबाट सोमवार एक युवालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं.९ ढिकपुर निवासी २८ बर्षीया प्रयास चौधरीलाई ३ बर्षीया बालिका अपहरण गरेको अभियोगमा प्रकाउ गरेको हो ।

दाङ जिल्ला प्रहरी प्रवक्ता एवम् डिएसपी रामप्रशाद घर्तीका अनुसार चौधरीले सोमवार दिउँसो २ बजेको समयमा कालिकोट जिल्लाको साविक राँचुली गाविस वडा नं। ४ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका वडा नं। १४ कपासी बगियामा डेरा गरि बस्दै आएकी २२ बर्षीया अस्मिता शाहीको ३ बर्षीया छोरी अपहरण गरेको भए पनि बालिकालाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको जानकारी दिए ।

जिल्लास्थित सम्पूर्ण नाकाहरू ब्लक गरि खोजतला गर्दा घोराही १५ रतनपुर चोकवाट बालिकालाई चौधरीबाट सकुशल उद्धार गर्न प्रहरी सफल भएको जानकारी दिइएको छ ।

पक्राउ परेका चौधरी विरुद्ध अपहरण तथा शरिर बन्धक सम्वन्धी मुद्दा दर्ता गरि आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । चौधरीले बालिकालाई किन अपहरण गर्न खोजेको हुन भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


मानव बेचविखनजस्तो जघन्य अपराधलाई निर्मूलीकरण गर्न आह्वान
मानव बेचविखनजस्तो जघन्य अपराधलाई निर्मूलीकरण गर्न आह्वान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनात्मक कार्यक्रम गर्न..

श्रीमतीले नै सुपारी दिएर गराइन् श्रीमान्‌को हत्या
श्रीमतीले नै सुपारी दिएर गराइन् श्रीमान्‌को हत्या

जनकपुरधाम । महोत्तरीकी एक महिलाले आफ्नै श्रीमानको हत्या गराउन पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको खुलेको छ । महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका ३६ बर्षीय सरोज भ..

सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता
सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता

ओखलढुंगा । बलात्कारको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ । सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालि..

निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो
निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो

झापा । बिर्तामोड-भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको जिल्..