चर्चित पत्रकारको हेलिकप्टर दुर्घटनामा मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
चर्चित पत्रकारको हेलिकप्टर दुर्घटनामा मृत्यु

ब्राजिल । ब्राजिलका प्रख्यात समाचार बाचकको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।

ब्राजिलको साउपालोमा भएको दुर्घटनामा ६६ वर्षीय समाचारबाचक रिकार्डो बोइचाटसहित हेलिकप्टर चालकको मृत्यु भएको हो । ब्राजिलको एक टिभीमा कार्यरत बोइचाट आफ्नो प्रत्यक्ष प्रशारण कार्यक्रम सकाएर हेलिकप्टर चढेको केही मिनेटमा नै दुर्घटना भएको हो ।

उनी चढेको हेलिकप्टर ब्यस्त बजारमा खसेर लरीसँग ठोकिएको थियो । बोइचाट निकै नै प्रख्यात पत्रकार रहनुका साथै ब्राजिलको इतिहासमा स्वरको धनीका रुपमा परिचित थिए ।

ब्राजिलको पत्रिकाबाट पत्रकारिता सुरु गरेका उनले पछिल्लो समय रेडियो र टेलिभिजनमा अन्तर्वार्ता गर्दै आएका थिए । 


कश्मीर मामिला : मोदी र ट्रम्पले टेलिफोनमा आधाघण्टासम्म के कुरा गरे ?
कश्मीर मामिला : मोदी र ट्रम्पले टेलिफोनमा आधाघण्टासम्म के कुरा गरे ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर मामिलाबारे पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन कुराकानी गरेका छन् । जम्मु–कश्मीरलाई लिएर भा..

अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु
अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु

काठमाडौं । अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु बाढिका कारण भारतको उत्तराखण्डमा १७ जनाको मृत्यु भएको छ भने हिमाचलमा पहिरो जाँदा २४ जनाको मृत्यु भ..

भारतको परमाणु हतियारलाई लिएर पाकिस्तानी प्रधानमन्त्री 'त्रस्त' !
भारतको परमाणु हतियारलाई लिएर पाकिस्तानी प्रधानमन्त्री 'त्रस्त' !

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग भएको परमाणु हतियारबारे त्रस्त हुँदै अन्तर्राष्ट्रिय समुदायसँग गुहार मागेका छन् ।  विधुतीय सामाजिक सञ्जाल ट्वीट..

आत्मघातीले विवाह मण्डप नै उडाइदिँदा काबुलमा ठूलो मानवीय हताहती
आत्मघातीले विवाह मण्डप नै उडाइदिँदा काबुलमा ठूलो मानवीय हताहती

अफगानिस्तान । राजधानी काबुलमा भईरहेको एक विवाह समारोहमा आत्मघाती बम आक्रमण भएको छ । अफगानिस्तानको गृह मन्त्रालयले पछिल्लो हमलामा कैयौं मानिसको ज्यान गएको जनाएको छ । ..