विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्या हालसम्मकै धेरै


नेपाल पाना प्रकाशित: २०७५-१०-२९ गते
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्या हालसम्मकै धेरै

लमजुङ । सन् २०१८ मा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्याले नयाँ कीर्तिमान कायम गरेको छ ।

सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले पर्यटक आगमन बढेको तथ्यांकले देखाएको छ । सन् २०१८ मा २९ हजार ४ सय ८० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ । यो संख्या पर्यटकको तथ्यांक राख्न थालिएको २२ वर्षको अवधिमा सबैभन्दा धेरै हो ।

सन् २०१७ मा २७ हजार ६८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका थिए । एक्याप मनाङका अनुसार सन् २०१६ मा २२ हजार १ सय ८ र सन् २०१५ मा १३ हजार ६ सय १५ पर्यटक आएका थिए । सन् २०१६ मा भन्दा २०१७ मा २२ दशमलव ४७ प्रतिशतले पर्यटक वृद्धि भएको थियो ।

भारतीय नाकाबन्दी र भूकम्पका कारण सन् २०१५ मा भने सन् २०१४ को तुलनामा ३४ प्रतिशत पर्यटक आगमन घटेको थियो । सशस्त्र द्वन्द्वका समय ३० प्रतिशतसम्म पर्यटक आगमन घटेको थियो । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।


चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन
चिकित्सकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले गरे जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । गत आइतबार चिकित्सक डा. आनन्द झाको लापरबाहीका कारण जनकपुरधामस..

‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’
‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ, भीख माग्न हुन्न’

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ । डा. दिक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले ब..

आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने
आजको मौसम: देशभर सामान्य बदली, यी स्थानमा पानी पर्ने

काठमाडौं । मंगलबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् । मंगलबार दिन..

‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’
‘अब आर्थिक उन्नती र विकासको युग सुरु भएको छ, हाम्रो यात्रा सुरु गर्छौं’

काठमाडौँ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब द्रुतगतिमा आर्थिक..