डीपीएल क्रिकेट प्रतियोगिता : धनगढी स्टार्सले लगातार दोस्रो हार


प्रकाशित: २०७५-१०-२९ गते
डीपीएल क्रिकेट प्रतियोगिता : धनगढी स्टार्सले लगातार दोस्रो हार

काठमाडौं । घरेलु टोली धनगढी स्टार्सले लगातार दोस्रो हार ब्यहोरेको छ । मंगलबार धनगढी स्टार्स सीवाईसी अत्तरियासँग पाँच रनले पराजित भएको हो । यसअघि उद्घाटन खेलमा सोमबार धनगढी काठमाडौं गोल्डन्ससँग ४ विकेटले पराजित भएको थियो ।

९६ रनको झिनो लक्ष्य पछ्याएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सक्यो । अन्तिम बलमा धनगढीलाई जितको लागि छक्का चाहिएको थियो । क्रिजमा थिए राजु रिजाल । २० औं ओभरको पहिलो बलमा चौका र तेस्रो बलमा छक्का प्रहार गरेका राजुले यही ओभरको पाँचौ बलमा दुई रन जोडे ।

तर अन्तिम बलमा छक्का हान्न कोशिस गरे पनि असफल भए र खेल अत्तरियाले जित्न पुग्यो । राजु २६ रनमा अविजित रहे । त्यस्तै, धनगढीका लागि रोहन मुस्तफाले १८ रन बनाए । बलिङतर्फ अत्तरियाका भुवन कार्कीले चार विकेट लिदा सन्नी पटेलले दुई विकेट लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन मात्रै बनाउन सक्यो । अत्तरियाका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन् ।

सन्नी पटेलले ३५ र जयकिसन कोल्सवालाले २१ रन बनाए । त्यस्तै, प्रेम तामाङ १२ र कप्तान दीपेन्द्रसिंह ऐरी ११ रनमा आउट भए । बलिङतर्फ धनगढी स्टार्सका रोहन मुस्तफाले दुई विकेट लिए ।


 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ
 लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

दाङ । स्रोत नखुलेको लाखौँ भारतीय रुपैयाँसहित पाँच जना पक्राउ परेका छन् ।  ईलाका प्रहरी कार्यालय अमेलियाले स्रोत नखुलेको भारतीय रकमसहित दुई जना महिला र तीन जना पुरुष गर..

फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन
फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन

ललितपुर । गोदावरी नगरपालिकाको वडा नं.१३, झरुवाराशीमा रहेको गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।  चिजबल कारखानामा मंगलबार साढे ११ बजेबाट भीषण आगलागी..

चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो
चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयो

उदयपुर । त्रियुगा नगरपालिका-१५ खाँबुमा चट्याङ्ग लागेर एक बालिकाको ज्यान गएको छ । त्रियुगा नगरपालिका-१५ खाँबुका १३ बर्षीय निर्मला मगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहर..

प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 
प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार अभियुक्त पक्राउ 

रौतहट । प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार रहेका एक जना अभियुक्त सोमबार साँझ पक्राउ परेको छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले झाँझ पुलबाट गरुडा नगरपालिक..